दाङको बराहक्षेत्रमा भँगेरी हराएपछि खैलाबैला, भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे [तस्बिरसहित]

माघ १, दाङ । पछिल्लो समय निकै चर्चाको शिखर चुम्न सफल लोक दोहोरी गीत भँगेरी चरीकी गायिका रिना केसीले दाङको बार्हकुने स्थित बराहक्षेत्रमा भँगेरी चरी हराएपछी तहल्का मच्चिएको छ ।

बराहक्षेत्रको सांगीतिक मंचमा चर्चित गीत भँगेरी चरी गाउन जब गायीका रिना केसी स्टेज चढिन हजारौंको संख्यामा भिड उर्लिएपछी प्रहरीलाई समेत भिड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो ।

नेपालको दुर पहाडी क्षेत्र बाग्लुङको एक मध्यम बर्गिय परिवारमा जन्मिएर नेपाली सांगीतिक आकासमा उदाउने सुनौला सपना बोकेकी बाग्लुङकी चेलीको सांगीतिक क्षेत्रको अनवरत साधानापछि चुलिएको चर्चा बुधबार दाङ घोराहीको बराहक्षेत्रमा पनि उतिकै देखिएको छ ।

सांगीतिक क्षेत्रमा सफलता पाउनका लागि गरिने सबै दु:खकस्ट सहेर अहोरात्र मेहनत गरेकी रिनाको लगातारको त्याग, तपस्या र साधनाका खातिर सफलता प्राप्त गरेकी हुन ।

‘रित्ताे काख’ बाेलकाे गित लिएर पहिलोपटक नेपाली सांगीतिक आकासमा उदाएकी बाग्लुङकी चेली रिनाले फेरि आयाे दशैँ, डाँडामाथि घाम जस्तै डुब्दै गए भने, पागल पागल बनायाै, भंगेरी, तिखु, ताेरङ गंगालाई लगाएतका गीतहरु बजारमा ल्याइसकेकी छिन ।

यिनै सुरिलो स्वरकी धनी सुशील र सालिन ब्याक्तित्वकी धनी गायिका रिनाले बुधबार दाङ घोराहीका आम दर्शकको मन जित्न सफल भइन । मृदुभाषी गायिका केसीलाई सांगीतिक जीवन सफलताको शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस