माघ २७, रोल्पा । अखिल नेपाल शिक्षक संगठन गंगादेव गाउँसमितिको प्रथम भेला सम्पन्न भएको छ। उक्त भेलाले ७ जनाको नयाँ पदाधिकारी चयन गरेको छ ।
शनिबार सम्पन्न भेलाले अखिल नेपाल शिक्षक संगठन गंगादेव गाउँपालिकाको अध्यक्षमा प्रविन कुमार वलीलाई चयन गरेको छ । त्यसैगरी संगठनको उपाध्यक्षमा बीर बहादुर घर्ती, सचिवमा राज कुमार वली, कोषाध्यक्षमा केसर सिङ के.सी., सदस्यहरुमा विमला वली र चन्द्रकला वली चयन भएका हुन् ।
भेलामा शिक्षक संगठनका केन्द्रिय सदस्य तथा अखिल नेपाल शिक्षक संगठन रोल्पाका अध्यक्ष प्रेम बहादुर वली, शिक्षक संगठनका केन्द्रिय सदस्य रमेश मल्ल र शिक्षक संगठनका केन्द्रिय सदस्य गोपाल वलीको उपस्थिति रहेको थियो ।
गंगादेव गाउँपालिकाको २ नम्बर वडामा प्रथम भेला सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस