गंगादेवमा पहिलो दिन ९८० जना वालवालिकाले दादुरा-रुवेला खोप लगाए


फागुन २३, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा दादुरा – रुवेला खोप आज देखि सुरु भएको छ । गंगादेव गाउँपालिकामा संचालित खोप अभियानको पहिलो दिन सबै खोप केन्द्रमा ९ सय ८० बालबालिकाहरुले दादुरा-रुवेला खोप लगाएको स्वास्थ्य शाखा प्रमुख नरहरी नाथ योगीले जानकारी दिनु भयो । जसमध्ये ४ सय ७१ महिला र ५०९ पुरुष रहेका छन् ।

गंगादेव गाउँपालिकाका विभिन्न ८ वटा खोप केन्द्रहरुमा खोप लगाईएको छ । जस अनुसार १ नम्बर वडामा रहेको पोखराको खोप केन्द्रमा १ सय १४ बालबालिकाले (महिला ५४ र पुरुष ६०), २ नम्बर वडाको नाउली गुम्थले र ओइलाम खोप केन्द्रमा २ सय बालबालिकाले (महिला ९९ र पुरुष १०१), ३ नम्बर वडाको पाथीहाल्नमा ५९ बालबालिकाले (महिला २७ र पुरुष ३२) खोप लगाएका छन ।

त्यसैगरी ४ नम्बर वडाको गौरामाथी खोप केन्द्रमा १ सय १० बालबालिकाले (महिला ५४ र पुरुष ५६), ५ नम्बर वडाको सिमखोला खोप केन्द्रमा ९१ बालबालिकाले (महिला ४१ र पुरुष ५०), ६ नम्बर वडाको ताप्ला बजार खोप केन्द्रमा २ सय ४१ बालवालिकाले (महिला १२१ र पुरुष १२०) र ७ नम्वर वडाको जायाचौर खोप केन्द्रमा १ सय ६९ बालबालिकाले (महिला ७४ र पुरुष ९०) खोप लगाईएको छ ।

फागुन २४ गतेको खोप कार्यक्रममा ७ वटै वडामा रहेका खोप केन्द्रहरु ओत मेल्डारी, जिनाबाङ चौतारा, कुकुरगारे, पाखापानी स्वास्थ्य चौकी, लोदचौर, गोर्जले र रांक ताप्लामा खोप लगाईने छ भने फागुन २५ गते पनि स्वास्थ्य चौकीहरुमा छुटेका वालवालिकाहरुलाई खोप लगाउने कार्यक्रम हुनेछ ।

२३ फाल्गुन २०८०, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको