काठमाडौँमा आज पनि हावाहुरी र वर्षाको सम्भावना


चैत ३०, काठमाडौँ । काठमाडौँ उपत्यकामा आज (शुक्रबार) पनि हावाहुरी र वर्षाको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार अपराह्नदेखि साँझसम्ममा काठमाडौँ उपत्यकामा हावाहुरी तथा हल्का वर्षा हुने सम्भावना छ।

‘उपत्यकामा अपराह्नतिर वा साँझपख हल्का वर्षा हुने सम्भावना देखिएको छ’, मौसमविद् प्रधानांगले भने, ‘सामान्य हावाहुरी पनि चल्ने सम्भावना छ।’

यतिबेला (शुक्रबार बिहान) भने काठमाडौँ उपत्यकामा तुवाँलो लागिरहेको अर्का मौसमविद् रोजन लामिछानेले बताए। ‘यतिखेर आकाशमा बादल त खासै छैन, तर तुवाँलोले गर्दा घाम राम्रोसँग देखिएको छैन, भिजिबिलिटी पनि ३५ सय मिटर मात्र छ’, उनले भने।

दिउँसोपछि भने आकाशमा बादल बढ्दै गएर हल्का वर्षा हुने सम्भावना देखिएको मौसमविद्को भनाइ छ। हिजो बिहीबार पनि काठमाडौँ उपत्यकामा सामान्य हावाहुरी र हल्का वर्षा भएको थियो।

महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार उपत्यकामा बिहीबार सबैभन्दा बढी सुन्दरीजलमा १२ मिलिमिटर वर्षा भएको छ। त्यसपछि कीर्तिपुरमा ११.८ मिलिमिटर, बूढानीलकण्ठमा ४.६ मिलिमिटर पानी परेको छ।

३० चैत्र २०८०, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको