चैत २४, सल्यान । सल्यानको दमाचौरमा बृहत कृषि, पर्यटन, संस्कृतिक तथा व्यापारीक महोत्सव संचालन हुने भएको छ ।
“पर्यटन, खेलकुद तथा संस्कृति दमाचौरको सान, मौलिक कला संस्कृति संरक्षण हाम्रो अभियान” भन्ने नारासहित चैत २५ देखि बैशाख ६ गतेसम्म महोत्सव संचालन हुने भएको छ । महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने छ ।
महोत्सवमा देशका ख्यातिप्राप्त तथा स्थानीय कलाकाहरुको प्रस्तुति रहने महोत्सवका संयोजक तथा छत्रेश्वरी गाउँपालिका १ का वडाध्यक्ष प्रकाश हमालले जानकारी दिए । उनका अनुसार महोत्सव भित्र ८० वटा व्यापारिक स्टल समेत रहेका छन् ।
दमाचौरमा धेरै वर्षपछि महोत्सव संचालन हुन लागेकाले धेरैले महोत्सव अवलोकन गर्ने महोत्सवका सहसंयोजक सुरेन्द्र चन्दले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस