दाङमा समिक्षालाई लाग्यो झट्का, २३ जनाले मात्रै टिकट काटेपछि स्टेज नगएर हाेटेलबाटै फर्किइन्


चैत ११, दाङ । दाङकाे तुलसीपुरमा चलिहरकाे तुलसीपुर हाेली फेस्टिबल महाेत्सवमा गायीका समिक्षा अधिकारी आउने भएपछि दर्शकहरुले महाेत्सव बहिस्कार गरेका छन् ।

दैनिक हजाराैं दर्शक सहभागी हुने तुलसीपुर महाेत्सवमा समिक्षा अधिकारी आउने भएपछि शनिबार २३ जना दर्शकले मात्रै टिकट काटेर महाेत्सव स्थलमा पुगेका थिए । जसले गर्दा महाेत्सव स्थल अरुनीकाे मैदान खाली रहेकाे थियाे । कार्यक्रम उद्घाेषकले स्टेजबाट ‘केहिबेरमा समिक्षा अधिकारी आउँदैछिन् स्टलभित्र भित्र आउनुहाेस्’ भन्दै कराएपनि दर्शकहरुले समिक्षाकाे कन्सर्ट बहिस्कार स्वरूप स्टेज भित्र नगएपछि समिक्षा स्टेजमा नगएर हाेटेलबाटै फिर्ता भएकी थिइन् ।

फागु पर्वको पूर्वसन्ध्यामा प्राकृतिक कलाकेन्द्र तुलसीपुरले अरनिको मैदानमा कन्सर्ट आयोजना गरेको थियो । हिजो ( चैत १० गते ) मा मुख्य आकर्षण थिइन् समीक्षा अधिकारी । आयोजकले राम्रै प्रचारप्रसार गरेका थिए । समीक्षा कन्सर्टमा प्रस्तुति दिन तुलसीपुर आएर मेट्रो होटेलमा बसिन् । दर्शकको घुइँचो लागेपछि स्टेज उक्लने आशामा होटलमै प्रतीक्षारत् थिइन् । कुर्दाकुर्दै बेलुकीको ५ बज्यो । तर, महाेत्सव भित्र २३ जना बाहेक अरु दर्शक नछिरेपछि उनि स्टेजमा जान नसकेर हाेटलबाटै फिर्ता भइन् ।

जोडतोडका साथ समीक्षाको प्रचार गरिए पनि उनको प्रस्तुति हेर्न र सुन्न दंगाली दर्शक इच्छुक देखिएनन् । आयोजक प्राकृतिक कलाकेन्द्रका अध्यक्ष चोभार पौडेलका अनुसार समीक्षा आएको दिन जम्मा २३ वटामात्रै टिकट बिक्री भए । यति थोरै दर्शकमा कसरी गीत गाउन लगाउने भनेर स्टेजमा नबोलाएर हाेटलबाटै समिक्षालाइ बिदाइ गरेकाे पाैडेलले बताए ।

गृहजिल्ला दाङ भएका अभिनेता पल शाह विरुद्व गायीका समिक्षा अधिकारीले बलात्कारकाे मुद्दा हालेपछि दाङबासी समिक्षाप्रति नकारात्मक दृष्टिमा छन् । जसकाे असर यसपटक तुलपुरमा भएकाे हाेली फेस्टेबल हाे । समिक्षाले पललाई गलत मुद्दामा फसाएको भन्ने छाप दंगालीमा परेको छ ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले समीक्षा सहभागी कन्सर्टमा दर्शक नआउनु सोही मुद्दाको साइड इफेक्ट भएकाे बताएका छन् । दर्शकमात्र होइन, उक्त कन्सर्टमा दाङका चलचित्र पत्रकारसमेत गएका थिएनन् ।

११ चैत्र २०८०, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको