फागुन १७, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका-४ सुपाटोटकेमा रहेको बिद्यालय श्री जनता विकास आधारभूत विद्यालयले माध्यामिक तह संचालनका लागि अनुमति प्राप्त गरेको छ । शिक्षा नियमावली २०८० नियम १८ को उपनियम २ बमोजिम गंगादेव गाउँकार्यपालिकाको निर्णय अनुसार शैक्षिक सत्र २०८१ देखि माध्यमिक तह कक्षा ९ संचालन अनुमति पाएको हो ।
कक्षा ८ सम्म संचालन भैरहेको बिद्यालयलाई माध्यमिक तह संचालनका लागि विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा वडाध्यक्ष कृष्ण वली ‘विपिन’को महत्वपूर्ण भूमिका रहेको छ ।
यसअघि माघ २५ गतेको आम भेलाले माध्यामिक तह संचालनका लागि निर्णय लिएको थियो । उक्त निर्णयको आधारमा बिद्यालयको निबेदनको आधारमा स्थानीय सरकारले माध्यमिक तह संचालन अनुमति दिएको छ।
जनता विकास आधारभूत बिद्यालय २०२८ सालमा स्थापना भएको थियो । उक्त बिद्यालयमा हाल ३ सय १६ बिद्यार्थीहरु अध्यनरत छन । भौगोलिक अवस्थीतको दृष्टिकोणले रोल्पा, सल्यान र रुकुमको सीमाक्षेत्रमा रहेको छ ।
श्री जनता विकास आविले माध्यामिक तह संचालन अनुमति पाए संगै गंगादेव गाउँपालिकामा माध्यामिक विद्यालयहरु ११ वटा भएका छन । जसमध्ये कक्षा १२ सम्म संचालन भएका माविहरु ५ वटा छन भने कक्षा १० सम्म संचालित मा.वि.हरू ६ वटा रहेका छन् ।
अनुमति पत्र
प्रतिक्रिया दिनुहोस