गंगादेव गाउँपालिकामा दादुरा-रुवेला खोप १५ स्थानमा संचालन हुँदै


फागुन १९, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा दादुरा – रुवेला अभियान सम्बन्धि अभिमुखीकरण तथा योजना गोष्टी सम्पन्न भएको छ । उक्त गोष्टीमा केहि विद्यालयका प्रधानाध्यापक, गंगादेव गाउँपालिकाका स्वास्थ्य केन्द्रका प्रमुखहरु, जनप्रतिनीधिहरु, पत्रकारहरुको सहभागिता रहेको थियो ।

गंगादेव गाउँपालिकामा दादुरा-रुवेला अभियानको लागि स्वास्थ्य संस्था तथा वडा स्तरमा कार्यक्रम लागु गर्ने भएको छ ! जसअनुसार गाउँपालिकामा रहेका ७ वडामा रहेका १५ वटा खोप केन्द्रहरुमा दादुरा-रुवेला खोप लगाउने कार्यक्रम तय भएको हो ।

यो स्वास्थ्य अभियानमा ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरुलाई खोप दिइनेछ, भने गंगादेवमा २ हजार २ सय ५६ बालबालिकाहरुलाई लगाउने टार्गेट रहेको गंगादेव गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरहरी नाथ योगीले जानकारी दिए ।

हिजो सुक्रबार सुखाओढारमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा गंगादेव गाउँपालिकाका अध्यक्ष हरि बहादुर पुन प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर वली रहेका थिए । कार्यक्रमलाई स्वास्थ्य शाखा प्रमुख नरहरी नाथ योगीले सहजीकरण गरेका थिए ।

गंगादेव गाउँपालिकामा २३, २४ र २५ गते दादुरा – रुवेलाको खोप कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम निम्न तालिका अनुसार हुने भएको छ ।

१९ फाल्गुन २०८०, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको