फागुन १४, रोल्पा । मलेसियामा सडक दुर्घटनामा परी मृत्यु भएका त्रिवेणी गाउँपालिका २ निवासी तुलाराम थापाको परिवारलाई रोल्पाली सेवा समाजले ४५ हजार सहयोग गरेको छ । मृतक थापाको १३ औं पुन्य तिथिको दिनमा उनको घरमा पुगेर रोल्पाली सेवा समाजका अध्यक्ष डिलाराम वलीले सहयोग हस्तान्तरण गरेका हुन ।
थापाको १५ महिनाकी छोरी छिन । तिनै छोरी श्रेया थापाको भविष्यमा पढाउने खर्च बाफत सहयोग भएको हो । रोल्पाली सेवा समाजका शाखाहरु मलेसिया, युएई, कतार र साउदी सँस्थाद्वारा सहयोग भएको थियो ।
त्यसैगरी पुण्य तिथिको अवसरमा उपस्थिति समाज सेवीहरुले १३ हजार १३० रकम संकलन भएको थियो ।
मृतक तुलाराम थापाको शव नेपाल ल्याउन रोल्पाली सेवा समाज, शाखा मलेसिया र नेपाली दूतावास मलेसियाको समन्वय रहेको थियो ।
प्रतिक्रिया दिनुहोस