रोल्पाका ६ स्थानीयतहमा माओबादीले संयुक्त जनयुद्ध दिवस मनाए


फागुन १, रोल्पा । रोल्पा जिल्लामा दुई माओबादी पार्टीहरुले संयुक्तरुमा २९औं जनयुद्ध दिवस मनाएका छन। नेकपा (माओबादी) केन्द्र र नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध दिवस संगै मनाएका हुन् ।

समाजबादी मोर्चा मार्फत एक हुन खोजेका दुई माओवादी धारका कम्युनिस्टहरुले संगै जनयुद्ध दिवस मनाएर पार्टी एकताको अझैं बलियो संदेश दिएका छन् ।

रोल्पाका विभिन्न स्थानमा जनयुद्ध दिवस मनाउन दुई माओबादीहरुद्वारा संयुक्त कार्यक्रम गरिएको हो । गंगादेव गाउँपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका, त्रिबेणी गाउँपालिका, रोल्पा नगरपालिका र सुनछहरि गाउँपालिका लगायतका स्थानमा छुट्टाछुट्टै सयुक्त कार्यक्रमहरु सम्पन्न भएका छन् ।

रोल्पा नगरपालिकामा भने जनयुद्धको स्मृति भ्युटावरमा सयुंक्त कार्यक्रम गरि जनयुद्ध दिवस मनाईएको छ । आजै बेलुका जिल्लाको विभिन्न स्थानमा जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन समेत गरिएको छ ।

माओबादी पार्टीले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउदै आएका छन् ।

१ फाल्गुन २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको