रात्रिभोजमा सहभागी हुनेलाई सरकारले बनायो यस्तो आचारसंहिता


असोज २५, काठमाडौं । चिनियाँ राष्ट्रपति शी चिनफिङको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजका लागि परराष्ट्र मन्त्रालयले आचारसंहिता जारी गरेको छ ।

रात्रिभोजका लागि १ सय नेपालीसहित २ सय ५० जनालाई निमन्त्रणा कार्ड बाँडिएको छ । रात्रिभोजमा आमन्त्रण गरिएका नेपालीलाई परराष्ट्रले कूटनीतिक आचारसंहिता सिकाएको हो ।

साँझ साढे ७ बजे शुरू हुने रात्रिभोजका लागि ६: ४५ मै सोल्टी होटलमा पुग्न भनिएको छ । निमन्त्रणा कार्डसँगै आमन्त्रितलाई तुना भएको कालो जुत्ता अनिवार्य लगाउन भनिएको छ ।औपचारिक कार्यक्रममा तुना भएको कालो जुत्ता लगाउने अन्तर्राष्ट्रिय कूटनीतिक परम्परा हो ।

कार्यक्रममा सहभागीलाई मोबाइल फोन बाहिरै राख्न भनिएको छ । रात्रिभोज साँझ ७ बजेदेखि ९ बजेसम्म चल्नेछ । रात्रिभोजमा चिनियाँ शास्त्रीय संगीतसहितका साँकृतिक कार्यक्रम देखाइने छ ।

२५ आश्विन २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको