माघ ६, रोल्पा । जनबादी संगीतकार तथा गायक माइला लामाको श्रब्यदृश्य सहितको गिती सिर्जना समाजवाद सार्वजनिक हुने भएको छ । उक्त गित माघ ७ गते दिउसो १२ बजे राष्ट्रिय नाँचघर जमलमा सार्बजनिक हुने भएको हो ।
समाजवाद बोल गित गएको हप्ता चन्द्रागिरी नगरपालिका- ४ थानकोटको कोतघरमा जनताको उपस्तिथिमा छायांकन भएको थियो । उक्त म्युजिक भिडियोमा केन्द्रिय सामना परिवारका कलाकारहरुको अभिनय रहेको छ । देशमा भएको आर्थिक संकटद्वारा उत्पन्न समस्यलाई चित्रण गरिएको भिडियोमा राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समस्याको समाधानका लागि नेपाली विशेषताको समाजवाद आजको आवस्यकता रहेको निस्कर्ष देख्न सकिन्छ ।
सार्वजनिकिकरण कार्यक्रममा सांस्कृतिक चिन्तक, बरिस्ठ गीतकार तथा संगितकार मणि थापा र नेकपाका सचिवालय सदस्य तथा साहित्यकार, सांस्कृतिक चिन्तक अनिल सी लगाएतको उपस्तिथि रहेन छ ।
जनवादी सर्जक तथा गायक माइला लामा नेकपाका पोलिटब्युरो सदस्य तथा अखिल नेपाल जनसांकृतिक महासंघका अध्यक्ष हुन ।
प्रतिक्रिया दिनुहोस