प्लाटुन चौरको भब्य जनयुद्ध दिवस (फोटो फिचर)


फागुन २, रोल्पा । २९ औं जनयुद्ध दिवस तथा सहिद स्मृति समाजको २१औं स्थापना दिवसको अवसरमा बागचौर नगरपालिका ९, प्लाटुन चौरमा भव्य जनयुद्ध दिवस समन्न भएको छ । सहिद स्मृति समाज बागचौर ९ सल्यानको आयोजनामा विविध कार्यक्रमहरु सहित जनयुद्ध दिवस सम्पन्न भएको छ ।

जस अन्तर्गत खुला भलिबल प्रतियोगिता, खुला सामुहिक लाेकनृत्य प्रतियोगिता, प्रा.वि. स्तरीय हिसाव दौड प्रतियोगिता, कक्षा १ देखि ३ सम्मका विद्यार्थीकाे लागि बस्तुमेमोरी प्रतियोगिताहरु भएका थिए ।

खुला भलिवल तर्फ भुवनेश्वरी युवा क्लव बा.न.पा. ७ प्रथम, सिद्धार्थ नमुना मा.वि. घोप्टेओढार गंगादेव ३ रोल्पा द्वितीय र इन्टर सपोर्ट गंगादेव २ रोल्पा तृतीय भएका थिए ।

त्यसैगरि कक्षा ४-५ स्तरिय हिसाब दौड प्रतियोगितामा बिरेन्द्र आ.बि बा.न.पा. ९ डाँगीगाउँका कक्षा ५ का छात्र चन्द्र डाँगी प्रथम र छात्रा प्रमिला डाँगी द्वितीय, सूर्य प्रकाश आ.वि. कुयापानीका एडिसन डिसी तृतीय भएका थिए ।

कक्षा १-३ को वस्तुमेमोरी प्रतियोगितामा सुर्य प्रकाश आ.बि. बा.न.पा. ९ कुयपानी विद्यालयबाट सहभागी भई सभ्यता वली प्रथम र भावना वली द्वितीय र सूर्योदय आ.वि. खर्सुका तुलसा डाँगी तृतीय भएका थिए ।

सामुहिक लोक नृत्य प्रतियोगितामा जनज्योति युवा क्लव प्रथम र द्धितीय भएका थिए भने सिद्धार्थ नमुना मा.वि. घोप्टेओढार रोल्पा र सिसु जागरण मा.बि. खाेरबारे तृतीय भएका थिए ।

कार्यक्रममा विभिन्न झाँकीहरुको उपस्थिति रहेको थियो । रोल्पा र सल्यानको सीमाक्षेत्र पर्ने हुँदा रोल्पा र सल्यानबाट आमा समुहहरु, लहरे समुह र बिद्यालयहरु आफ्नो प्रस्तुति सहित उपस्थित भएका थिए ।

सहिद स्मृति समाजका अध्यक्ष धनेन्द्र बिमल वली ‘प्रविन’ कार्यक्रमको सभापति रहेको कार्यक्रमको प्रमुख अतिथि बागचौर नगरपालिका उपप्रमुख सुम्निमा डिसी-वली हुनुहुन्थ्यो । विशिष्ट अतिथिमा शिद्ध कुमार उपाध्यक्ष राम बहादुर बस्नेत हुनुहुन्थ्यो भने अतिथिहरु बा.न.पा. ९ का वडाध्यक्ष यज्ञ बहादुर डाँगी, ६ नम्बर वडाका वडाध्यक्ष ज्ञान बहादुर वली, सहिद परिवार लगायत अन्य संघ संस्था तथा बिद्यालयका प्रतिनिधिहरु रहेका थिए ।

समापन कार्यक्रमलाई प्रविन वलीले सहजीकरण गरेका थिए । सहिद स्मृति समाजले हरेक वर्ष जनयुद्द दिवसको अवसरमा विभिन्न कार्यक्रमका साथ मनाउदै आएको छ ।

२ फाल्गुन २०८०, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको