मगर संसार द्वारा २०० औ सहयोग नवलपरासीका बिरामीलाई हस्तान्तरण


नवलपरासी सुनवल-१० गैडाखाल  निवासी आर्थिक अवस्था कमजोर ५४ बर्षिय क्यान्सर रोगि शान्ति देवि पुनमगर लाई मगर संसार द्वारा आर्थिक  सहयोग संकलन गरी रु:११,२०१/- एघार हजार दुई सय एक रूपिया हस्तांतरण गरेको छ।
सहयोग रकम मगर संसारका एड्मीन अशिम पुर्जा पुन मगर र खुमन पुन मगर  साथै नेपाल मगर युवा संघका अध्यक्ष मनुक थापा मगर समाजसेवि मन बहादुर पुर्जा पुन मगर, सीता रजाली थापा मगर, भिम बहादुर पुन मगर, सिमा गुरुङ पुन मगरको उपस्थितिमा बिरामीलाई रकम हस्तान्तरण गरेको हो।
यो सहयोग सँगै आजसम्म मगर संसारबाट २०० जनालाई सहयोग सम्पन्न गरेको अध्यक्ष अनिल लामिछाने मगर ले जानकारी दिएका छन।

सुनवल-१० गैडाखाल नवलपरासी  निवासी  ५४ बर्षिय शान्ति देवि पुन मगरको बिगत केही बर्ष देखि जिब्रो र घाटिमा क्यान्सर भै आर्थिक अभावको कारण जीवन मृत्यु सङ्ग लडिरहेको हुँदा उपचारको क्रममा अहिलेसम्म धेरै पैसा खर्च भै सकेको हुनाले साथै निजको आर्थिक अवस्था अत्यन्तै नाजुक भएको आय श्रोतको कुनै माध्यम नभएको कारण विभिन्न संघ संस्था देश बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी मनकारी सहयोगी मनहरु प्रति शान्ति देवि पुन मगरको जीवन रक्षाको निम्ति सम्पुर्ण सहयोगि मनहरु सामु सहयोग गरि दिनु हुन मगर संसार फोटो ग्यालरी द्वारा अपिल गरिएको थियोे ।

सहयोग पठाउनु हुने सहयोगीहरु निम्न छन :-
१) नाम :गोविन्द थापा मगर =नवलपरासी / पवन रखाल मगर= हेटौंडा /सर्जम थापा मगर =स्याङ्जा /लाल बहादुर थापा मगर =तनहुँ / जिवान थापा मगर =स्याङ्जा /पदम बराल मगर  =पाल्पा /खेम बराल मगर =पाल्पा /श्रीमान दर्लामी मगर =पाल्प / केशव कुंवर मगर =पाल्पा /झ्याम कुमार आले मगर =तनहुँ / विश्व थापा मगर =तनहुँ / टिकाराम मगर  =संखुवासभा /भुवन थापा मगर ,स्याङ्जा
हस्ल साउदी अरब (हाईल) (Almarai Company Melon Breeder Farm) कार्यरत मगर संसारका सदस्यहरु द्वारा संकलित  सहयोग रु :५,९४६/-

२) नाम : बिशाल_रुचाल_दिसुवा_मगरको सक्रियतामा
इन्डियन साथीहरू द्वारा  सहयोग रु ४,२५०/-

३) नाम :गोप्य सहयोग रु :५००/-

४) नाम : गोप्य सहयोग रु : ५०१/-

टोटल सहयोग  रु : ११,२०१/- मात्र

सहयोग अभियंता/अध्यक्ष :- अनिल लामिछाने  मगर
एवम समस्त मगर संसार फोटो ग्यालरी
धन्यबाद ! !

२२ बैशाख २०८१, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको