नभुल उत्पीडनकारी दलालहरू हो…


जो स्वाधीन देशलाई गुलाम नबनाउ भन्छ
उसलाई हत्कडी कसेर हिरासतमा कोच्ने मेरो देश

जो मुलुकलाई सक्कली लोकतन्त्र देउ भन्छ
उसैलाई दमन र ह’त्या गर्ने मेरो देश
आज लोकतन्त्रको प्रचार बाजी गर्दछ

जो मुलुक लोकतन्त्रमा जनता मालिक भन्छ
उसलाई दास बनाइदिने मेरो देश

जो मुलुकलाई भ्रष्ट बिहिन बनाउ भन्छ
उसैलाई भ्रष्ट सत्ताले थुनिदिने देश
आज गणतन्त्र र मुक्तिको नक्कली प्रचार गर्दछ

कतिन्जेल थुन्नु स्वाधीनताका सेनानीहरुलाई
कतिन्जेल कस्नु हत्कडी जनताका आवाजहरुलाई

कतिन्जेल थुन्नु नदीलाई निरंतर बहने प्रवाहलाई
दमनले किन दमन गर्छ भ्रष्ट सत्ता टिकाउनलाई

हेक्का रहोस उत्पीडनकारी दलालहरू
संसारमा दमनले हार्ने भएकैले

हिटलरले आ’त्मह’त्या गरेर मर्नुपर्यो
आइ एम द स्टेट भन्ने लुईले मुन्टो टेक्नुपर्यो
१०४ वर्षको राणा शासनले घुंडा टेक्नुपर्यो
२३७ वर्षीय राजतन्त्रले गद्दी छोड्नुपर्यो

अब भन दमनकारी सत्ता विदेशीको रिमोटको कति नै ग्यारेन्टी छ र ?
सरकार अब हाम्रो लागी पनि बनाउ जेल !
कायर र बर्बर दमनविरुद्द लड्न हमेसा तयार छौं !!

  • सिन्धुपालचोक
    हाल : काठमाडौँ, नेपाल
१ आश्विन २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको