जहिल्यै हार हुन्छ


गजल

यहाँ प्यार हुन्छ
जहिल्यै हार हुन्छ

दिल जोडे पछि
छुट्न हतार हुन्छ

धनी भन्दा गरीब
बफादार हुन्छ

फूल भनेर हुन्न
फूल नि झार हुन्छ

सुनिन्छ प्रेममा नि
कारो…वार हुन्छ

बिना कारण पानी
बारा बार हुन्छ

बोक्न सकेन भने
के गर्नु भार हुन्छ

किन होला मान्छेमा
अहंकार हुन्छ ।

मानन्धर अभागी
काठमाण्डौ

२९ असार २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको