बिना कसुर अत्याचार कति गर्छौं मलाई तिम्ले


एस पि माथवर (बि पि क्षेत्री )

कालो गए गोरो आउछ गोरो गए कालो आउछ।
चक्र हो यो दुनियाँ एकदिन सबको पालो आउछ ।

बिना कसुर अत्याचार कति गर्छौं मलाई तिम्ले।
यस्तै भए हेर्दै गर् सम्बन्धमा भुईचालो आउछ ।

उदाईरहे रवि, शशी दिन रात केही नभनी ।
था’छ उ माथि नि कैलेकाहीँ ग्रहणको जालो आउछ।

मान्छे देउतासँग दुखि छन म को खुसि दिन सक्ने
ज्यानै सुम्पिदा नि आफ्नैबाट वचनको भालो आउछ।

लेख्नै छाेडेर होला खालि दिमाग सैतानको घर भो।
मलाई अचेल हरेक शेर पछि भड्खालो आउछ ।

बोनस शेर

बिहे अघि मानि सुहागरात आजभोलिको चल्तिमा।
बल्ल जनै सुपारी आउछ अनि टिकाटालो आउछ ।।

दाङ देउखुरी गढवा ४

२२ श्रावण २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको