ओठको मुस्कान हरायो उतै परदेश तिरै


के एम जलजला

ओठको मुस्कान हरायो उतै परदेश तिरै ।
आफ्नै पहिचान हरायो उतै परदेश तिरै ।

भबिस्यमा लालन पोषण गर्ने बृद्व बाको
ती एक्लो सन्तान हरायो उतै परदेश तिरै ।

गरिबी बेरोजगारले सिमा नाघ्दा देशभित्र
कठै एक विद्वान हरायो उतै परदेश तिरै ।

भुतबाट केहि पाठ सिक्दै भबिस्य खोज्दा
अमुल्य बर्तमान हरायो उतै परदेश तिरै ।

जब काम गर्दैगर्दा अपांग भयो तब सारा
सपनाको उडान हरायो उतै परदेश तिरै ।

इमीरेट्स, अरब 

३२ असार २०७९, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको