खुसी दिन्छु भनेर फकायौ मलाई


 

खुसी दिन्छु भनेर फकायौ मलाई
जिन्दगी बिगा…रेर रूवायौ मलाई

बेहोशी थिएँ म औंशी…को रातमा
तिमीले के मिसाई पिलायौ मलाई

मायालु भावले दिलमा सजाएर
छल गरेर तिमीले फसायौ मलाई

तिमीलाई मैले बिस्वास गर्ना….ले
घर का न घाट का बनायौ मलाई

मानन्धर अभागी
काठमाण्डौ ।

२८ असार २०७९, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको