गजल : अग्लो छु भन्ने भासिएको छ


आवाज शर्मा

अग्लो छु भन्ने भासिएको छ
गहिराइकै बरु अग्लिएको छ

बस्तीको सक्दो ज्यादती धोक्यो
अब बल्ल खहरे मात्तिएको छ

आमा मरिन्, अब गाउँ के जानु?
भर्खर त बाटो छोटिएको छ

दर भाउ के तोक्दा उचित होला
आफ्नै लिलामी राखिएको छ

सीमा र मर्यादा नसक्दा हो
सक्दा तगारो भाँचिएको छ
२२१२ २२१२ २२

३१ असार २०७९, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको