हरि खड्काले दिए राजीनामा


मङि्सर २३, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। सागअन्तर्गत पोखरामा भएको महिला फुटबल टिमले स्वर्ण दिलाउन नसकेपछि सोमबार खड्काले कोचबाट राजीनामा दिएका हुन्।

स्वर्णका लागि पोखरा रंगशालामा भएको खेलमा नेपाली फुटबल टिम भारतसँग २-० ले पराजित भएको थियो। नेपाली टिम पराजय हुने वित्तिकै उनले राजीनामा दिएका हुन्।

पोखरामा भएको फाइनल हारसँगै नेपालले तेस्रो पटक रजतमा चित्त बुझाउनु परेको छ। खड्काले स्वर्णको टार्गेट लिएर हिँडेको र यो पुरा गर्न नसक्दा आफूले नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको बताएका छन्।

२३ मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको