रोल्पामा जिल्लास्तरीय दोस्रो राष्ट्रपति रनिङ सिल्ड सुरु हुँदै


माघ १२, रोल्पा । रोल्पामा जिल्लास्तरीय दोस्रो राष्ट्रपति रनिङ सिल्ड संचालन हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिति रोल्पाको आयोजनामा रोल्पाको सदरमुकाम टुडिखेलमा शनिबारबाट रनिङ सिल्डका खेलहरु संचलन हुनेछन् । दोस्रो राष्ट्रपति रनिङ सिल्ड सहआयोजक तथा ब्यवस्थापक रोल्पा नगरपालिका हुनेछ ।

दोस्रो राष्ट्रपति रनिङ सिल्डको उद्वघाटन प्रतिनिधि सभा सदस्य तथा पुर्व अर्थमन्त्री वर्षमान पुन ‘अन्नत’ले गर्ने बताईएको छ ।

जिल्लाका १० वटा पालिकाका माध्यामिक तहका विद्यार्थीहरु प्रतियोगितात्मक खेलमा सहभागी हुनेछन । सिल्डमा छात्र/छात्रा भलिवल, कपर्दी, एथ्लेटिक्स् लगायत ६६ स्वर्णको लागी विद्यार्थीहरुले प्रतिस्पर्धा गर्न पाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोलङ घर्तिले जानकारी दिए ।

खेलहरु ४ दिनसम्म संचालन हुने आयोजकले जनाएको छ ।

१२ माघ २०८०, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको