रोल्पाको जिल्लास्तरीय रनिङ शिल्डको यस्तो छ हालसम्मको नतिजा


रोल्पाको जिल्ला स्तरीय दोस्रो राष्ट्रपति रनिङ २०८० लिबाङमा सन्चालन भैरहेको छ । १३ गते देखि सन्चालन भएको रनिङ शिल्ड आज तेस्रो दिन समाप्त हुँदा सबै ६६ खेल मध्ये अब १६ खेल मात्र बाँकी रहेका छन ।

यसरि विभिन्न विधाका ५० खेलहरु समाप्त हुँदा हाल सम्मको नतिजालाई हेर्दा रोल्पा नगरपालिका २३ स्वर्ण, २२ रजत र १७ कास्य सहित अग्र स्थानमा रहेको छ । त्रिबेणी गाउँपालिका १२ स्वर्ण, १२ रजत र १४ कास्य सहित दोस्रो स्थानमा रहेको छ ।

माडी गाउँपालिका ५ स्वर्ण, २ रजत, र ९ कास्य सहित तेस्रो स्थानमा रहेको छ भने गंगादेव गाउँपालिका ४ स्वर्ण, १ कास्य सहित चौथो स्थानमा रहेको छ ।

हालसम्मको नतिजा यस्तो छ:

परिवर्तन गाउँपालिकाले २ स्वर्ण, ५ रजत र १० कास्य प्राप्त गरेको छ, थबाङ गाउँपालिकाले २ स्वर्ण, ४ रजत र १२ कास्य प्राप्त गरेको छ, सुनिल स्मृति गाउँपालिका २ स्वर्ण, २ रजत र ११ कास्य प्राप्त गरेको छ ।

लुंग्री गाउँपालिका, रुन्टीगढी गाउँपालिका र सुनछहरी गाउँपालिकाले अहिले सम्म स्वर्णपदकको खाता खोल्न सकेका छैनन् ।

बाँकी रहेका एथलेटिक्स तर्फका दौड प्रतियोगिताहरु भोलि मंगलबार माडी चौरको खेल मैदानमा हुने आयोजकले जनाएको छ।

जिल्ला खेलकुद विकास समिति रोल्पाको आयोजनामा रोल्पाको सदरमुकाम टुडिखेलमा शनिबारबाट रनिङ सिल्डका खेलहरु भैरहेका छन् । दोस्रो राष्ट्रपति रनिङ सिल्ड सहआयोजक तथा ब्यवस्थापक रोल्पा नगरपालिकाले गरिरहेको छ।

१५ माघ २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको