छत्रेश्वरी गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटोफिचर)


पुस २६, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

विद्यार्थीको आन्तरिक खेल क्षमता प्रस्फुटन गर्ने, बिद्यालयहरुको बिचमा एक अर्कामा सहयोग तथा मैत्रीपुर्ण सम्बन्ध कायम गर्ने उदेश्य सहित पालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको हो । विहिबार समुद्घाटन भएको प्रतियोगिता यही पुस २८ गते सम्म संचालन हुने छ । राष्ट्रपति रनिङ शिल्डमा छत्रेश्वरी गाउँपालिकाका ९ वटा माध्यमिक बिद्यालयले विभिन्न बिधामा भाग लिएका छन् ।

शारदा मावि शंखमुलमा संचालन भइरहेको प्रतियोगिताको कर्णाली प्रदेशसभा सदस्य माननीय सुरेश अधिकारीले उद्घाटन गर्नु भएको हो । सो अवसरमा बोल्दै उहाँले स्थान छनौट सहित डिपिआर तयार गरेमा छत्रेश्वरीमा खेल मैदान निर्माण गर्ने प्रतिबद्धता जनाउनु भयो । समग्रमा देशका लागि आवश्यक पर्ने खेलाडी उत्पादन गर्न र देशको गौरव बढाउन बिद्यालय स्तरीय खेलकुद प्रतियोगिताको निकै महत्वर रहने उहाको भनाइ छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेशसभा सदस्य अधिकारिले छत्रेश्वरी गाउँपालिका विभिन्न क्षेत्र संगै मानविय बिकासमा पनि अगाडी रहेकोमा खुसी व्यक्त गर्दै छत्रेश्वरीबाट सिक्नुपर्ने धेरै कुरा रहेको बताउनु भएको थियो ।

उद्घाटन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले खेल प्रतिभाको बिकासमा सबैको साथ आवश्यक रहने भन्दै छत्रेश्वरी गाउँपालिकाले कोहि कसैलाई र कुनै पनि क्षेत्रलाइ आग्रह पुर्वाग्रह नराखेर समृद्ध पालिका निर्माणमा लागिरहेको बताउनु भयो । जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छत्रेश्वरी गाउँपालिकाले दुई पटक लगातार शिल्ड हात पारेको सन्दर्भ उल्लेख गर्दै यसपटक पनि विजयी प्राप्त गर्नको लागि सम्पूर्ण खेलाडिहरुलाई खेलका हरेक अनुशासन पालना गर्दै इमान्दार प्रयत्न गर्न आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले जनप्रतिनिधी, सरोकारवाला निकाय तथा सम्बन्धीत क्षेत्र संग समन्यव गर्दै आफुहरु अघी बढिरहेको भन्दै खेल क्षेत्रको विकासका लागि निरन्तर रुपमा लगानी गर्दै आइरहेको बताउनुभयो ।

समस्त विद्यालयको प्रतिनिधित्व गर्दै शारदा माध्यमिक बिद्यालय शंखमुलका अध्यक्ष श्री डिल्लिराज रेग्मी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री गुरु प्रसाद योगी, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष श्री फौद बहादुर बस्नेत, वडा नम्बर २ का वडा अध्यक्ष श्री प्रेम बहादुर नेपाली, ३ का अध्यक्ष श्री तिर्थाराज दाहाल, वडा नं ४ का अध्यक्ष श्री छवीलाल के सी, ६ का अध्यक्ष श्री टिकाराम बुढाले बोल्दै प्रभावकारी रुपमा रनिङ शिल्ड सम्पन्न गर्न सबैले सकारात्मक र प्रभावकारी भिमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु सहित कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, सुरक्षा निकायका प्रतिनिधी, विभिन शाखा, इकाई, योजानाका प्रमुख प्रतिनिधीहरु, पत्रकार, विभिन्न सामुदायी संघ संस्थाका प्रतिनिधी खेलाडी तथा खेल प्रेमी, शिक्षा प्रेमी लगायतको समेत उपस्थिती थियो ।

प्रतियोगितामा निष्पक्ष खेल संचालन र खेल्नका लागि निर्णायकको तर्फबाट करांतेका अन्तरास्ट्रिय रेफ्री तथा निर्णायक चित्र राना, खेलाडिका तर्फबाट दिनिशा वलीले सपथ लिनु भयो। कार्यक्रममा नेपाली कांग्रेसका श्री मेघराज भण्डारी, नेकपा एमालेका श्री घनश्याम शर्मा, नेकपा माओवादी केन्द्रका श्री हिमाल यात्री, नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष श्री सरिता चलाउने, बिद्यालयको तर्फबाट भानुभक्त मावि दमाचौरका प्रधानाध्यापक श्री खुमानन्द केसी लगायतले बोल्दै खेलकुदको महत्व र स्थानिय तहले यो क्षेत्रमा गर्नुपर्ने कामको बारेमा आआफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका महिला कर्मचारी र विभिन्न बिद्यालयबाट छात्र छात्राको सांस्कृतिक प्रस्तुती रहेको थियो । गाउँपालिकाका शिक्षा अधिकृत केशर वलीको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो ।

२६ पुष २०८०, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको