माडी गाउँपालिकाको रनिङ शिल्ड कृष्ण मा.बि. घर्तिगाउँलाई


माघ ८, रोल्पा । माडी गाउँपालिका रोल्पाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माडी २ घर्तिगाउँमा सम्पन्न भएको छ । गत माघ ५ गते प्रतिनिधि सभा सदस्य एवम् पुर्व मन्त्री वर्षमान पुनले उद्घाटन गरेको रनिङ शिल्ड माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिको प्रमुख आतिथ्यतामा सोमबार (आज) समापन भएको हो ।

गाउँपालिका स्तरीय रनिङ शिल्डमा माडी गाउँपालिका भित्रका ७ वटा माध्यामिक बिद्यालयले भाग लिएका थिए । माडी २ घर्तिगाउँको श्री कृष्ण माध्यामिक बिद्यालयको प्राङ्गण र बलु स्मृति खेल मैदान घर्तिगाउँमा भएको रनिङ शिल्ड खेलकुद बिकास समिति माडी गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो ।

रनिङ शिल्डमा १३ स्वर्ण, ८ रजत र ६ काश्य सहित कृष्ण माध्यामिक बिद्यालयले लगातार दोस्रोपटक रनिङ शिल्ड जितेको छ । यस्तै लगातार २ पटक रनिङ शिल्ड जितेर गतसाल उप बिजेता भएको राष्ट्रिय माध्यामिक बिद्यालय माडी ३ तालावाङ अहिले पनि उप बिजेता भएको छ । उसले ११ स्वर्ण, १५ रजत र ३ काश्य प्राप्त गरेको छ । त्यस्तै माडी ४ को नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय आरुवा तेस्रो भएको छ । उसले ८ स्वर्ण, ५ रजत र ७ काश्य प्राप्त गरेको छ । चौथो भएको शिद्ध कैलाश माध्यामिक बिद्यालय माडी ६ कोर्चावाङले ४ स्वर्ण, ५ रजत र ५ काश्य प्राप्त गरेको छ । माडी ५ मा रहेका बागेश्वरी माध्यामिक बिद्यालय पाछावाङ र भावाङचौर स्वर्ण बिहिन भएका छन । पाछावाङले ४ रजत र ५ काश्य प्राप्त गरेको छ भने भावाङचौरले १ काश्य र १ रजत प्राप्त गरेको आयोजकले जानकारी दिएको गाउँपालिकाका प्रेस सल्लाहकार वुद्धिमान ओलीले जानकारी दिनुभयो ।

माडी गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संगै रोल्पा जिल्लाका १० वटै स्थानीय स्तरका २०८० का प्रतियोगिताहरु सम्पन्न भएका छन् । अब जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आउदो माघ १३ गते देखि रोल्पा नगरपालिकामा हुने भएको छ ।

रोल्पाको स्थानीय तहमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड २०८० को नतिजा (प्रथम र दित्तीय हुने विद्यालयहरु) हेर्नुहोस :

८ माघ २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको