नेकपा केन्द्रिय नेता आदर्श गृहजिल्लामा जनतासंग भेटघाट गर्दै


मंसिर, १३ रोल्पा । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य चुडामणि वली ‘आदर्श सी’लाई गंगादेव -२ रमाईका स्थानीयले स्वागत गरेका छन । गृहजिल्ला पुगेका आदर्श सीलाई आफ्ना शुभ चिन्तकहरुसंग भेटघाट कार्यक्रममा बाजागाजा सहित स्वागत गरेका हुन् ।

जनतासंगको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा पार्टी केन्द्रिय सदस्य जंग सी आक्रोश र पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य टिकाराम सि अपिलको पनि उपस्थिति रहेको थियो । आदर्श सीले गंगादेव गाउँपालिकाका विभिन्न स्थानमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम जारि राखेका छन । उनले केहि दिन अघि गंगादेव गाउँपालिकाका कर्मचारीहरुसंग पनि भेटघाट तथा अन्तरक्रिया गरेका थिए ।

 

१३ मंसिर २०८०, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको