रुन्टिगढी गाउँपालिका वडा न . ९ को आयोजनामा अन्तर वडा स्तरीय खेलकुद प्रतियोगिता कार्यक्रम उद्घाटन सम्पन्न ।


रोल्पाको रुन्टिगढी गाउँपालिका वडा न . ९ को कार्यालय सखीको आयोजनामा युवा लक्षित पुरुष तथा महिला भलिबल प्रतियोगिता साथै सांस्कृतिक कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ ।

कार्यक्रम प्रमुख अतिथि रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन , बिष्ट अतिथि उपाध्यक्ष सरिता के . सि र अन्य अतिथि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डागी , वडा न . ,३,४,५,६,८ का वडा अध्यक्षहरु , पुर्व वडा न .९ का अध्यक्ष नेप बहादुर थापा , नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य गोविन्द पुन ( नजर ) , नेपाली काग्रेंस जिल्ला कार्यसमिति सचिव तिल बहादुर बुढाथोकी , नेकपा एमाले रुन्टिगढी गाउँपालिका अध्यक्ष ओमराज बस्नेत , नेपाली काग्रेंस रुन्टिगढी गाउँपालिका वडा न.९ का सभापति सेर बहादुर दशौदी , नेकपा एमाले रुन्टिगढी वडा न.९ का अध्यक्ष राजन घर्तीको उपस्थिति र वडा न . ९ का अध्यक्ष चेतलाल खत्रीको अध्यक्षतामा कार्यक्रम सुरु भएको हो । कार्यक्रम वडा न.९ सखी का वडा सदस्य शिवराज घर्तिको स्वागत मन्तव्य बाट सुरु भएको हो ।

कार्यक्रममा बोल्दै उपस्थित अतिथिहरुले खेलाडी मात्र नभई राष्ट्रको गहना भएको बताउदै खेलमा थप जोड दिन स्थानीय सरकारलाई अनुरोध गरेका थिए । साथै यस्ता खालका भलिबल प्रतियोगिता मात्र नभई कृकेट लगाएतका विश्वले चिन्ने खेलहरु समेतमा चासो राख्न खेलाडीहरुलाइ अनुरोध गर्दै स्थानीय सरकारले साथ सहयोग गर्नुपर्ने बताउदै सहभागी खेलाडीहरुलाइ शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन ले गाउँपालिका भित्र रहेका खेलाडिको प्रतिभालाई उजागर गर्ने उदेश्यले खेलमा लगानी गरेर खेलबाट केही उपलब्धि हासिल गर्नका लागि कार्यक्रमको आयोजना गरेको बताउनु भयो । खेलाडिहरुले आफ्नो खेल जगतमा आफ्नो जिवनलाइ जोडेर म यहि खेलबाट रुपान्तरण हुन्छु , मेरो जीवन पनि यो खेलबाट बदलछु भन्ने उदेश्यले लागे खेलको बिकाश हुने भएकाले खेलाडीहरुले आफ्नो बिधालाइ छनोट र लाग्न अनुरोध गर्नुभयो । यो कार्यक्रम ०८०/०८१ बार्षिक सुइकृत अनुसार रुन्टिगढी ९ न वडाबाट सुरु गरेको र यश खालको कार्यक्रममा पालिका स्तरीय आयोजना गर्ने बताउदै यो राष्ट्रको ढुकुटी खाली १/२ दिन खेलाडीहरु जम्मा गर्ने खेल खेलाउने र समान्य पुरस्कारहरु दिने , १/२ वडा जर्सी छिराइदिने त्यस्तै २/४ जना अतिथि बोलाइ केही साथिहरु जुटाइ कार्यक्रम गरेर यस्ता कार्यक्रमलाई अन्त्य गर्ने परिपाटीको विकाश गर्यौभने यो खेल क्षेत्रमा रुपान्तरण हुन नसक्ने बताउनु भयो ।

कार्यक्रमको समापन गर्दै वडा नम्बर न.९ का अध्यक्ष एवंम कार्यक्रमका अध्यक्ष चेतला खत्रीले केही समय अगाडि वडाका युवाहरुले शुभ दिपावली तथा छठपर्वलाई लक्षित गरि कार्यक्रम आयोजना गर्दिन आग्रह गरेपछी यो कार्यक्रम तयारी गरेको बताउनु भयो ।

 

खत्रीले युवाहरुको माग र सुझाव अनुसार कार्यक्रम वडा अन्तर अनुसार संचालन नगरी पालिका स्तरीय आयोजना गरेको बताउदै सधै आफू युवाहरु पक्षमा उभिएको र उभिरहने बताउदै सहभागी प्रतियोगीहरुलाइ शुभकामना व्यक्त गर्नु भएको थियो । साथै कार्यक्रम २०/२१ र २२ गते सम्म संचालन हुने जानकारी गराउनु भयो ।

कार्यक्रमको संचालन भने वडा सचिव धन बहादुर खड्का ले गर्नुभएको थियो ।

२० कार्तिक २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको