‘बचनले घोचेको मनमा सधै बल्झीरहन्छ’


मान्छेहरुको आ-आफ्नै भिन्न भिन्न अर्थात फरक-फरक स्वभाव हुन्छ । मान्छेहरुको स्वभावलाई जन्मे हुर्केको गाउँपरिवेश गाउँपरिवेशको संस्कार, संस्कृति, रहनसहन, चाल, चलचलन बोली ब्यवहार आदि कुराहरूले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । त्यही फरक-फरक संस्कार संस्कृति भएकै कारण होला नेपाललाई विभिन्न जात जाति भाषा भाषिको देश भन्ने गरिन्छ । पुर्ब मेचीदेखि पश्चिम महाकाली होस् वा देशका जुनसुकै कुनामा बस्ने मान्छे हुन त्यति सबैको आ-आफ्नौ पहिचान छ । त्यसैले त हामी सबैको सोचाइ र बुझाई आ-आफ्नौ छ । कोही कसैको गरिब दिन दुखीहरुलाई सहयोग गरि समाजसेवा बन्ने र प्रतिष्ठा कमाउने होला, कोही कसैको अरुको रिस, डाहा गर्ने, कुभलो चाहाने, अरुको मजाक उडाउने खालको स्वभाव होला । मान्छेहरुको स्वभाव कस्तो होला भनेर थाहा पाउन उसले गर्ने कार्य ,देखाउने क्रिया अर्थात ब्यवहारमा भरपर्दछ। मान्छेहरु कस्ता हुन्छन् भनेर चिन्न वा थाहा पाउनको लागि उसको ब्यवहार र कार्यको अध्ययन गर्न जरुरी हुन्छ होला । सकभर मेरो विचारमा बिना संगत मान्छे चिन्न गाह्रो पर्छ होला । किनभने संगत गरेका धेरैको ब्यवहार त परिवर्तन हुन्छ मान्छेको स्वभाव कस्तो हो छुटाउन निकै कठिन छ ।

आज भोलिका धेरैको ब्यवहारलाई देख्दा स्वार्थ अनि घमण्ड भरीएको जस्तो लाग्छ। उनिहरुको पैसा अनि बैँस जिन्दगीभर रहिरहने हो कि जस्तो लाग्छ खास पैसा अनि बैँस भन्ने कुरा सधै रहदैन होला जस्तो मलाई लाग्छ खास सत्य त जन्म अनि मृत्यु मात्रै हो अरु बाकी त सबै खेल हुन जस्तो लाग्छ । त्यसैले बाचुन्जेल अहम घमण्ड होइन नम्र भएर बाचौ अनि हासौ र रमाउ । यति धेरै डाहा, रिस पनि नगरौ । कसैसंग पछि गएर बोल्नको लागि कुनै बहाना खोज्न नपरोस । भनिन्छ नि घोच्ने काडाहरु भन्दा खतरनाक हुन्छन बोलीने बचनहरु, काडाले घोचेको त उपचारपछि निको हुन्छ तर बचनले घोचेको मन सधै बल्झीरहन्छ । यही बेला मलाई एउटा नेपाली गित याद आयो` रुखो बोली न बोल निर्माया बचनको घाउ निको हुदैनन्´। त्यसैले बोल्नु भन्दा अगाडि सोच्न जरुरी छ। हिजोको कुरा के थाहा बिर्सियो भनेर नसम्झनु, तिमिले पराईलाई झैं गरेको व्यवहार सहन नसकेर मौन बसेको मात्र पो होकि ? भाग्यमा खोजेर पाउने भनेको त दुख मात्र हो, सुख त आफुले मेहनत गरेर पाउने हो । देखिने घाउहरु भन्दा नदेखिने घाउको पीडा अति धेरै हुन्छ । कहिलेकाही मन मा पिडा हुँदा नि हास्नु पर्ने हुन्छ किनभने आजका मान्छेहरु अरुले पिडा पनि हास्न बाध्य बनाएका हुन्छन् अरुको दुखलाई मजाक सम्झेर हासीरहेका हुन्छन्। बोलीमा मिठास हुन्छ भित्रको कुरा कसलाई के थाहा हुन्छ जब मनमै कालोपन भएपछि त्यसैले भनिन्छ एउटा राम्रो मन हजारौं राम्रो अनुहार भन्दा ठूलो हुन्छ। त्यसैले गहिरिएर सोचौं जीन्दगीमा हमेशा यस्तो मान्छे छानौ जसको मन अनुहार भन्दा बढी राम्रो होस । अरुको कुरामा बिश्वास गर्नुभन्दा पहिला एकचोटि सत्य बुझ्ने कोशिस गर्नुहोस् ।

त्यसैले यि नकारात्मक सोच भएका मानिसहरू बाट टाढै बसौं ।अरु मानिसलाई आफ्नो सकारात्मक पाटो मात्र देखाउनुस् । सबै प्रती दया र सम्मान ब्यवहार देखाउनुहोस् । अरुले मानिसहरू जस्तो गर्छन् त्यस्तै रूपमा स्वीकार गर्नुस् । अरुलाई प्रोत्साहित र उत्साहित बनाउनुहोस् । अरुको निम्ति केही न केही सानै भएपनी सहयोग गरिदिनुस् । सधै इमान्दारी बन्नुहोस् ।आफ्नो अपुर्णाता मै पुर्णाता खोज्नुहोस् । मानिसहरूलाई क्षमा दिन सिक्नुहोस् । तपाईंसँग सम्बन्धित सबैसँग सम्पर्कमा रहनुहोस् । आफ्नो बाचा निभाउनुहोस्, अनि सत्य बोक्नुहोस् । अरुबाट तपाईं जे चाहनुहुन्छ त्यो अरुलाई पनि दिनुस् । काम अनुसारको कुरा गर्नुहोस, कुरा अनुसारको काम गर्नुहोस् । अरुलाई आफ्नै मौलिक निर्णय लिन सहयोग गर्नुहोस्, आफ्नो निर्णय नलाद्नुहोस् ।थोरै बोल्नुहोस्, धेरै सुन्नुहोस् । मुर्खहरु सित कहिल्यै तर्क नगर्नुस्, त्यस्ताबाट बच्नुहोस् । आफ्नो बाचा अनि सम्बन्धहरुलाई इमानदारीपूर्वक निभाउनु होस् । को साँचो कुन क्षणिक मित्र हो त्यो छुट्टाउनुहोस् र सोही अनुसार व्यवहार गर्नुहोस् । कसैलाई पनि तुच्छ गाली गलौज वा अपमान नगर्नुहोस्, त्यसैले गलत दिशामा गइरहेको भिडकोपछि लाग्नुभन्दा एक्लै हिडनु बुद्धिमानी हुन्छ । सकेसम्म सफलताको लागि एकलै लडनु होस् । यी मेरो ब्यक्तिगत बिचारहरु हुन, तपाईको जीन्दगीसग मेल खान गएको भए क्षमा चहान्छु । धन्यवाद !!

गंगादेव गाउँपालिका ६, रोल्पा
हाल काठमाडौ, किर्तिपुर ।

१३ श्रावण २०७९, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको