‘के हामी युवाहरूको काम विरोध मात्रै गर्ने हो’?


मान्छेहरु समय र परिस्थितिअनुसार चुनौतीहरुको सामना गर्दै आफुलाई परिवर्तन गरेर आफ्नो छुट्टै अस्तित्व बनाउने सबैको इच्छा हुन्छ । हामी सबैले हाम्रो इच्छा पूरा गर्नेको लागि धेरै चुनौतीहरुको सामना गर्दै सफलताको लागि अधिक मेहनत गर्नुपर्ने हुन्छ । समयको गतिसंगै नचल्ने यथास्थितिमा चल्नेहरु सधै पछाडी पर्छन् र सभ्यताबाटै लोप भएर जान्छन् अर्थात समाप्त हुदै जान्छन्। समयको महत्त्व बुझ्ने र समयको गतिसगै चल्नेहरुले समाज र राष्ट्रमा आफ्नो छुट्टै पहिचान र अस्तित्व बनाउने गर्दछन। तसर्थ समुदायमा बसेर मानव जीवनमा सृजनशिल बनाउन केही न केही काम हामी सबैले गर्नेपर्छ ।

हामी जे इलम गरेर जीवन निर्वाह गर्छौ त्यसलाई नै रोजगारी भनिन्छ। कतिपय युवाहरुले जिवन निर्वाह गर्नेका लागि आफ्ना सपना सजाउन देश छोडेर बिदेशको भूमिमा सङघर्ष गरिरहेका छन त्यसलाइ हामी वैदेशिक रोजगारको नामले सम्बोधन गर्छौ। जिवनमा हरेक नागरिकको आ-आफ्नो सपना हुन्छ, आफुले राम्रो काम गर्ने र समाजमा आफ्नो छुट्टै पहिचान बनाई आफू अनि परिवारका सबै सदस्यहरुलाई खुसी राख्ने, देखेका ति सपनाहरू पुरा गर्ने कसैको सपना पूरा हुन्छ त कसैको अधुरै पनि हुन्छ। त्यसैले हामी सबैले परिवर्तनको चाहाना राख्नुपर्छ सधैं सत्य तथ्यको खोजी गर्नुपर्छ। सृजनशिलता हामी सबैको रुचिको बिषयबस्तु बन्नुपर्छ। हामी निरन्तर सृजनशिल कार्यहरूमा निरन्तर प्रयास र हरदम कोशिश गरिरहनुपर्छ र हामी युवाहरुको सोचाईमा सकारात्मक परिवर्तन हुनुपर्छ।

हिजो आज मेरो सोचाइ र उदेश्यमा भने निरन्तर प्रहार हुन थालेको छ। मैले गरेका केहि कार्यहरूमा सकारात्मक प्रतिक्रियाका आउँछ भने कतिको बिरोध पनि आउछ। करीब पाँच छ, बर्ष अगाडि देखि म आफ्नो सपना पुरा गर्नेको लागि शहरमा संघर्षरत जीवननिर्वाह गरेर बसेको छु । मेरो घर गाउँमै भएर होला गाउँघरमा भएका गतिविधिहरुलाई देख्छु र मनलाई थाम्न सक्दिन्न । त्यसैले देखेका समस्याहरुलाई कहिले फेसबुकमा लेख्छु त कहिले जनप्रतिनिधि समक्ष राख्छु। कोहि कसैले चासो देखाउदैन र आफै समाधान गर्ने बाटो खोज्छु तर असम्भव देख्छु अनि फेरि मन मारेर बस्छु। अन्य गाउँठाँउहरुमा भएको बिकासको गति हेर्छु, मनमा कयौं प्रश्न उब्जिन्छ्न, अनि फेरि सोच्न थाल्छु हाम्रो गाउँबस्ती सबै क्षेत्रमा किन पछाडि? हामी जनताहरु कमजोर भएर वा जनप्रतिनिधिले चासो नदेखाएर यो म कहिल्यै बुझ्न सकिन्न। केही अन्धभक्त पार्टीको पुच्छर बनेका झोले युवाहरुले गरेको बिरोधलाई देख्दा अचम्म मान्छु युवाहरुको सोचाई देखेर एकछिन अलमलमा पर्छु के युवाहरुको काम बिरोध मात्रै हो त ?आफै आफैलाई प्रश्न गर्छु एकपटक हामी सबैले सोचौं हामी युवा हौं? युवाहरुले गर्ने काम के हो? एकपटक आफुले आफैलाई नियालेर मुल्यांकन गरौं मेरो अनुरोध यत्ति मात्रै हो ।

यूवाहरु राजनितिमा नै होमिएको राजनितिकर्मी हो भने राजनीतिको अर्थ बुझ्नुहोस, एउटा कुरा सधै याद गर्नुहोस् अरुलाई होच्याएर बोल्दैमा तपाईं कहिले महान बन्न सक्नु हुन्न। हुनत म मा पनि केहि कमजोरीहरु होलान। त्यसलाइ पनि समिक्षाको बिषय बनाउनु अपरिहार्यता हुन्छ। वास्तबमा हामी समस्या नै समस्याको भुमरीमा छौ । हामीले देश विकासका लागि गर्नुपर्ने काम कार्यहरू प्रशस्त छन। गाँउठाँउमा विकासले प्रयाप्त गति लिन सकेको छैन, जे जति बिकास निर्माण भए ति सबै विकास निर्माणका काममा दिगोपन सहितको छैन। हाम्रो सामाजिक, आर्थिक, प्रशासनिक क्षेत्रमा अझै ठुलो परिवर्तनको खाँचो छ। मेरो यो पार्टी तेरो त्यो पार्टीको भनेर पार्टीको झण्डा बोकेर उफ्रिनु मात्र होइन, विकास निर्माणको कार्यहरूमा एकता र सहकार्यताको जरुरत पर्दछ। देशको श्रमशक्ति विदेशिएको छ। यहाँ हाम्रा सैदान्तिक नारा कृषि क्रान्तिका छन। दिन प्रतिदिन उत्पादन घटदै गइरहेको छ। उत्पादन वृद्धिका लागी नवीन प्रबिधिको प्रयोग गरि अत्याधुनिक कृषि युग निर्माण गर्नुछ। जलस्रोतको, जलसम्पदाको दोस्रो धनि देश भएर पनि प्राप्त सिचाइको ब्यवस्थापन हुन सकेको छैन। विभिन्न ठाउँगाउँहरुमा खानेपानीको अभाव छ। बिद्युत सुबिधा प्राप्त हुन सकेको छैन। जसलाई सदुपयोग गरेर बिजुली बत्ति उत्पादन र ठाउँगाउँमा खानेपानीको सुबिधा पुर्याउनु छ।

स्वास्थ्य, शिक्षा ,यातायात जस्ता क्षेत्रमा असीमित समस्याहरु छन। गाउँघर सम्म सडक बाटो निर्माण गर्नु छ। घरगाउँमा स्कुल बनाउनु छ। रोजगारको अवसर सिर्जना गर्नु छ। देश बनाउने सपना देखाएर हामीजस्ता गरिब निमुखाकै पिठ्युँ चढेर सत्तामा पुगेकाहरु ब्यक्तिगत स्वार्थ र अहम्तालाई महत्त्व दिएर आपसमै खिचातानी गरेर देशको स्थिति यस्तो छ। देश भताभुङ्ग भएको दृश्य हाम्रो सामु प्रशस्त देखिएको छ। राजनीतिको नाममा समाज सेवा र देशका नागरिकको हक हितको लागि होइन सत्तामा पुगेकाहरुलाई कमाई खाने भाडो बनेको छ। राजनीति एउटा पेसा जस्तो भएको छ। जवसम्म राजनितिलाइ सेवाकोरुपमा नलिएर पेशाकोरुपमा रहन्छ तवसम्म परिवर्तन संभव छैन। हाम्रो जस्तो अल्पविकशित मुलुक भित्रका गाउँहरु सुरक्षीत छैनन्। कोरोना महामारीसगै बिभिन्न बिपदले बस्ने बाँस र खाने गासको अभाव छ, प्राकृति विपत्तिले त्रासै बढाएको छ सरकारलाई आफ्नो सत्ता जोगाउनमा र चुनावी माहोल बनाउन ठिक।

अब थोरै हाम्रो स्थानीय सरकारको कुरा जोडौ, जहाँ ५ बर्ष गरेका कामको बिरोधै बिरोधमा कार्यकाल सकिएको छ । स्थानिय सरकार निर्बाचित भएको कार्यकाल बित्दा पनि न केही नमुना काम भएको छ न उदारहनिय प्रगति भएको छ। सचेत यूवाको हिसावले विकासले गति यस्तो लिएको हुनुपर्छ भनि विचार राख्दा अन्ध भक्तहरुलाई बिरोध गरेको जस्तो लाग्छ। कामको शैलि शिल्प नजान्नु,पदिय हैसियतका कर्मचारी समाल्न नसक्नु, सुझावलाइ बिरोध भनि बुझ्नु आफ्नो गल्ती लुकाएर अरुको मात्रै गल्ति देख्नु अर्को गल्ति गर्नु हो। त्यसैले राजनिती खिचातानी छोडौ, हामी सबै नेपाली हौ र हाम्रो पार्टी नेपाल हो र हामी समग्र देशकै कार्यकर्ता हौं भन्ने भावना बोकौ अनि मात्र देश बन्छ।

हामी युवाहरु राजनितीकर्मी र राजनितीक दलको झिनो स्वार्थका कारण आफ्नो पेशा, आचरण र सामाजिक प्रतिष्ठा भुलेर “तपाईं-मपाई, तँ मूला-म ठूला” जस्ता कार्यमा सहभागी हुन थाल्यौ भने सम्झनुस दिन ढल्कने आफ्नो छुट्टै पहिचान र अस्तित्व हराउने छ ।

गंगादेब गाउँपालिका ६ रोल्पा

१७ चैत्र २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको