हल्दार काकाकाे कथा


निरनत्तर अबिरल अबिछीन्न त्रिशुलि बगिरहेछ त्यही गतिमा सुसाईरहेछन बग्न छाेडेकाे छ न त सुसाउन छाेडेकाे छ । मानिसकाे जीवन पनि त नदी भन्दा कहाँ कम छ र जति ढुङ्गाहरूमा बर्जिय पनि बग्नु छ । यही नदीकाे किनारमा केही मानीसहरू बस्छन् । उनिहरू पनि न बग्न छाेडेका छन् न सुसाउन नै छाेडेका छन । म यहि नदी किनारकाे एउटा ढुङ्गा जस्तै भएकाे छु आजभाेली । हिउदमा सुख्खा हुन्छु पानी म बाट निकै पर पुग्छ मेरा पैतालासम्म पनि आईपुग्दै , छिट फुटमा परेका आकासे पानी बाहेक अरू भेट्न पनि मुस्कील हुन्छ तर जब बर्खा लाग्छ नदीकाे पानी यसरी बढ्छ कि आदा आदी आफै डुब्न पुग्छु त्यसमा पनि नभिजेकाे पल हुदैन । डुङ्गा हुनुकाे पनि आफैमा फाईदा रहेछ जबकी मानीसकाे जसरी निर्दयी बन्न नपर्ने, बगरकाे बगरे ढुङ्गालाई के नै छ र तर अभिसापमा मानिसले मेराे नै नाम लिन्छन् कस्ताे ढुङ्गा जस्ताे भएकाे भनेर अनाहकमा मलाई मानिसले निकृस्ट कुरासंग तुलना गर्छ । मानिस आफै तुच्छ उसले अरूसंग किन तुलना गर्छ, मलाई मन्दिरमा राख्छ पुज्छ आफ्नाे त्याे थाकेकाे सिर मेरै छेउमा झुकाउछ । कहिले मैले नै सहनु पर्छ घन र छिनाेकाे चाेट अनि ढाल्दछ मलाई एउटा निशिचित आकारमा जब म उसकाे आकारमा ढालीन्छु तब सबैतिर याेग्य हुन्छु अन्यथा वेवारिसे ।

मानीसहरू भन्छन् म निर्जिव छु हाेइन म तट्स्थ छु । म देखीरहेछु म भन्दा त मानिसहरू धेरै निर्जिव छन् । मानिसले मानिसलाई गरेकाे विभेद अन्याए र शाेषणकाे लामै कथा यही नदीकाे किनारमा बसेर धेरै देखेकाे छु मैले कुरा धेरै परबाट सुरू गर्दिन नजिकैबाट सुरू गर्छु । बिगतमा कहिल्यै नदेखेका मानिसहरू आज मेराे छेउ छाउमै देखिरहेकाे छु, जाेसंग जिवन जिउनलाई कुनै रस छैन, नत छ ठुला ठुला सपनाहरू, उनिहरूका सपना भनेकै राेग लाग्दा ओखती, दुई छाक खाना अनि ओत लाग्दा बस्ने ठाँउ नै हाे तर यसकै लागि उनिहरू निरन्तरह रगडीन्छन् जसरी अबिरल बगिरहेकाे त्रिशुली भित्रका ढुङ्गाहरू रगडीरहेका छन् । हेरक दिनकाे झिसमीसेसंगै उनिहरू लाम बद्द हुन्छन् एउटा त्यही निरन्तरकाे यात्रामा जसकाे कुनै गन्तव्य छैन ।

थाह छैन आज त्याे लाममा खडा भएकाे मानिस भाेली नरहन पनि सक्छ । यही लाममा समाहीत एउटा नाम हाे हल्दार काका । हुनत उनकाे वास्तविक नाम के हाे अरू कसैलाई थाह हाेला तर आफ्नै परिचय लुप्त भएका उनलाई सबैले प्रिय नाम दिएका छन् हल्दार काका । घामलाई उमेरसंग तुलना गर्ने हाे भने उनी डाँडा माथीकाे घाँम भैसके, कसैले उमेर साेधी हाल्याे भने उनी हत्पती भन्दैनन् ,भन्नै परे एक तिहाई उमेर घटाउछन् । याे उनकाे बाद्यता हाे । किनकि उनकाे उमेरले उनी अजै बलिया छन् भन्ने देखाउनु थियाे अनि बलियाे हुनु नै उनकाे आर्जन । कपाल फुलेका छन् उनी आफैलाई ढाँटेर भन्छन् सुरूङ भित्रकाे त्याे केमीकलले फुल्याे । उनी डराउछन् सत्य कुरा असत्यहरूका कानसम्म पुग्याे भने, डरलाग्दाे सुरूङ पानीका थाेपाहरू निरन्तर चुहीन्छन् । सुरूङ यति ताताे भैदिन्छ कि उनलाई त्याे पानिका थाेपाहरूले पुरै भिजाउदासम्म पनि भिजेकाे भान हुन्न । पसिना पानी भन्दा धेरै सरिरमा बग्दा पानिकाे के नै वास्ता हुन्छ र । पसिना र पानिले उनका त्याे लामा बुठहरू भरिन्छन् र उनी त्यही सुरूङ भित्रकाे पानिमा मिसाई दिन्छन् जुन बग्दै बग्दै मेरै छेउमा मिसिन्छ र
मलाई छुदै त्रिशुली झन गाडा निलाे भएर बग्छ ।

जब अध्याराे गाढा गाढा हुँदै जान्छ उनकाे दिनभरीकाे कामले अनि बुढ्याैलीले खिएका हड्डीहरू दुख्न थाल्छन् तर उनी क्षणभरमै बिर्सन्छन किनकी उनी आफ्नी प्याउलीसंग बाेल्छन । उनी सानै थिए , गाँउमा मुगलानेहरू आउने जाने गरिरहन्थे, उनलाई अलि अलि मात्र याद छ त्याे साल गाँउमा ठुलाे बाढी र पहिरोले गरिखाने खेत र बारीहरू धेरैका गाएका थिए, अरू त अरू गाँउका मुखीयाका पनि सिङ्गै खेत बाढीले स्वात्तै पारेकाे थियाे । गाँउमा परदेशीएकाहरू आए बढी र पहिरोको मारलाई बिर्सीएर एक साझ उनिहरू राेधीकाे लागि तयार भए । त्याे साझ प्याउली र उनकि आमा पनि आए, राेधी जम्दै थियाे सर्लक्क कपाल, बाटुलाे आँखा, मिलेकाे जिउ अनि भर्खर भर्खर वयस्क पालुवा पलाउदै गरेकी प्याउलीलाई देखेर हल्दार काका हेरेको हेर्यै भए । सबै राेधीकाे तालमा रम्दै थिए तर हल्लार काका प्याउलीलाई निरन्तर हेरीरहे त्यतीकैमा प्याउलीका आँखाहरू पनि जुद्छन् । भाेली पल्ट सधैकाे झै सेउला लिन प्याउली र उसकी एक मात्र साथी झुम्कीसंगै वन जादा बाटाेमा प्याउलीले झुम्कीलाई भन्छे “त्याे हल्दारे किन हाे किन मलाई हेरी रहन्छ तलाई कस्ताे लाग्छ त्याे हल्दारे भन न ओई । “हल्का हाँसाेमा बाेली मिसाउदै झुम्की भन्छे” किन र लब पर्याे कि क्या हाे तेराे? हल्दारे त्यस्तै हाे त्याे मलाई नि हेरीरहन्थे , मुर्दार केटी देख्याे कि त्यस्तै हाे थियाे ।”

याे कुराले प्याउलीलाई छ्वास बिज्याे लाग्याे हल्दारे त्यस्ताे हुनै सक्दैन । त्याे साझकाे राेधीमा झुम्की, कमली अनि सुनमायाहरू पनि त थिए किन उसले एक नासले मलाई नै हेरिरह्यो फेरि साेच्छे भाडाकुटी खेल्दा देखिकाे एकमात्र मिल्ने साथी यसले किन गलत भन्थी र ? झुम्की आफैभित्र दोनदकाे सिकार भै, उ रातभर निदाउन सकिन यसकाे साेझाे अर्थ याे थियाे कि प्याउलीले हल्दारे लाई मन पराई सकिछ । गाँउलेका आँखा छलेर उनिहरू एकाद समय भेटीन्थे कैले पाैवाका पछाडी कैले खरबारीका कान्लाहरूमा । प्याउली भन्थी म त तुमी संगै मुर्ने हु कसम खाईछु..छाेडेर जाने छुइन भनत छिटाे । तर समय र बिवस्ताका अगाडि कसैसंग खाएका मिठा बाँचाहरू पनि ताेड्नु पर्छ जुन मानिस चाहादैन यस्तै भयाे हल्दार काकाकाे जिबनमा । उनी भाले नबास्दै प्याउली सपनाबाट नबिउझदै मुगलान पसे। यता प्याउली अतितका ती दिनहरू हल्दार काका बाचाहरू सम्झदै मुगलाने फर्कीने डाँडाकाे बाटाे हेर्दै टाेलाउथी … । दिन, महिना र साल बितेअरु सबै मुगलाने फर्कीए तर हल्दार काका फर्कीएनन् । कतीले भने हल्दारे मुगलान मै मर्याे, कतिले भने उ जेलमा छ रे, कतिले भने उ काममै छ रे …तर प्याउलीका ती सजिब यादहरूले उसलाई पर्खाई राख्याे ।

उता हल्दारकाका मुगलानका हाेटलमा भाँडा र सडक चम्काईरहेथे । समयले धेरै कुराएन गाउँ फर्कीए प्याउलीसंग बिवाह गरे तर बाध्यताहरू उस्तै थिए । प्रेमले जितमारे पनि भाेकले कहिलै हार्दे रहेनछ.. । त्यही भाेक आफ्नाे र परिवारकाे मेटाउन उनी फेरि मुगलान पसे त्यही मुगलान जहाँ उनीहरू जस्तै मुगलानेहरूकाे पसिनाले हाेटल र सडकहरू चम्कन्थे । जवान समय उनले मुगलानका हाेटलहरूमा बिताए जब उमेरले नेटाे काट्दै छ उनका दुखहरू झन् धेरै बढ्दैछन् । खरकाे छानाे चूहिएर पानी थाप्दा प्यउली भन्छे जस्ता किन्न पाए ….। पाेहाेर दशैमा ऋण दिने साहुले कराउदा उ भन्छे त्यति तिर्न पाए ….। हराएकाे जेठाे छाेराे खाेज्न कुन्नी केमा दिन पर्छ रे ! त्यसकाे लागि अलि पैसा भए …। यस्तै भएर पाएकाे दाेसादहरूले हल्दार काका बुढेसकालमा पनि जमिन मुनि अझै आफू झै गरूङ्गाे मेसिन उठाउ छन् र प्वाल छेड्छन् अनि हरेक साझ प्याउलीकाे आवाज सुन्दै निदाउछन् । झिसमिसे मै उनका आँखाहरू खुल्छन् र फेरि त्यही अध्याराे सुरूङ तयार हुन्छ उनिहरूलाई निल्न उनिहरू चाँहादैनन् छिर्न तर बिवसता घरमा थुप्रैका प्याउलीहरू कुरीरहेछन्, सपना देखीरहेछन् , एउटा सुन्दर घर, एक छाक मिठाे खाना अनि कठ्याङ्रीदाे चिसाेमा लगाउने एक जाेर ताताे लुगाकाे आसमा जुन बर्षाैदेखि सपनामा मै सिमीत छ ।

१६ आश्विन २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको