गंगादेब गाउपालिका रोल्पाको नाम आउनेगरि निरन्तर भएका सवारी दुर्घटनाका समाचारले मन बिछिप्त बनायो र सोच्न बाध्य बनायो । र सम्झिए रेडियो, पत्रपत्रिका, टिभि, सामाजिक संजालमा पनि सवारी दुर्घटनाको खबर ! दैनिकजसो देशका विभिन्न ठाउँहरुमा भैरहेका सवारी दुर्घटनाका खबरहरु हामीहरु सबैले देख्ने, सुन्ने र भोगिरहेका छौं । तर दुर्घटना कसरी निरन्तर के कारणले भैरहेका छन ? सवारी दुर्घटनाबाट ज्यान गुमाईरहेकाहरुको सन्दर्भमा हामी सबै मौन छौ । यसमा सरोकारवाला कसैको चासो छैन । अहिलेको युवा जमात त झन समाचार हेर्न, समाचार शेयर गर्ने र स्टाटस लेख्नमा मात्र ध्यान केन्द्रित भएको देखिन्छ। सरकारको चासो तथ्यांक संकलन गर्ने र देशका विभिन्न ठाउँहरुमा सडक दुर्घटनाबाट मृत्यु हुनेहरुको तथ्याङ्क सार्वजनिक गर्ने गरेको जस्तो मात्र महसुस हुन्छ ।
मलाई आज देशका विभिन्न ठाउँहरुमा भैरहेका सडक दुर्घटना र त्यसबाट मान्छेहरुले अकालमै मृत्युअवरण गर्नुपरेको अवस्थालाई देखेर मेरो गाउँ जाने मोटरबाटो, त्यहा चल्ने सवारी, यात्रुवाहक गाडी संचालक, यात्री र सरकारको बिषयमा मनमा लागेका केहि कुराहरू लेख्ने प्रयास मात्र गरेको छु। मलाई लाग्छ यहाँ पहिलो पटक यात्रा गर्ने मान्छेलाई दोस्रो पटक यात्रा गर्न मन लाग्दैन । बाटो निकै साघुरो र अप्ठ्यारो छ । यात्रा डर त्रासमै गर्नुपर्छ । कुन बेला के हुन्छ भन्ने कसैलाई थाहा छैन । साघुरो बाटोलाई फराकिलो बनाउनमा सरकारको ध्यान छैन । यात्रीको चापलाई कम गर्न थप गाडीको ब्यवस्था छैन । कतिपय गाडी चालकहरुको लापरबाही छ । यी यस्तै कार्यले गर्दा पनि यात्रा गर्नेहरुलाइ यात्रामा कठिनाइ छ। तर यस्तो अप्ठ्यारो सडक बाटोमा गाडी चलाउने र यात्रीलाई सकुशल घरसम्म पुर्याउने गाडी चालकहरुलाई भने मेरो सलाम छ । उक्त ठाउँको यात्रा गर्दा केहि भैहाल्छ कि भन्ने त्रास मनभित्र जो कोहीलाई आउछ ।
देशका विभिन्न ठाउँहरुमा छरिएर बसेका गाउँपालिका बासिन्दाहरु घरगाउँमा फर्किने भिडभाड निरन्तर देखिन्छ । भिडभाड कहिले पनि कम भएको देखिदैन ।अझ चाडपर्वको समयमा त के कुरा गर्नु यात्रीहरुको पिडैपिडामा यात्रा गर्नुपर्ने बाध्यता छ ।
दाङको तुल्सीपुरबाट रोल्पाको गंगादेब गाउँपालिकाका विभिन्न ठाउमा पुग्ने यात्रीहरुको चाप प्राय धेरै हुन्छ । सिमीत संख्यामा गाडी गुड्ने र बर्षातको समयमा बिग्रेको बाटो मर्मतका लागि कोही कसैकोपनि ध्यान नजानुले पनि यात्रीहरुले जोखिमपुर्ण यात्रा गर्नुपरेको महसुस हुन्छ । मनोमानी यात्रीबाट भाडा असुल्ने, एकलौटी बजार यहाँको समस्या नै हो । जोखिम बिना यात्रा असम्भव गंगादेव बासीको दुर्भाग्य नै हो । दैनिक जसो दुर्घटनाले बिच्छेद गंगादेव वासीको पीडा कस्ले पो सुन्ला र ?
देशमा दुर्घटनामा ज्यान गुमाउने, घाइते परिवारहरुको पीडा बिषयमा कुनै अनुसन्धान र बिश्लेशन छैन । मलाई लाग्छ, हाम्रो देशमा सवारी दुर्घटना नियमन निति कमजोर छ, पावर पहुँच भएपछि जे गर्दा नि हुन्छ । सवारी दुर्घटना दुई दिनको दुःख मात्रै बनेजस्तो देखिन्छ । पिडितहरुको पीडा जिवनभरिको भरको हुन्छ भनेर कसैले मापन गरेको छैन । दुर्घटनाले कसैलाई पनि खुसी बनाउदैन । अब तपाई आफै भन्नुहोस् दुर्घटना हुनुको मुख्य कारण के हुनसक्छ ? सडक बाटो निर्माणमा मापदण्ड बिपरित हुनु, भ्रष्टाचारको जालो र कमिसनतन्त्रले सबै चिज ठिक देखिनु, नियम बिपरित सरकारी निकायले सवारी संचालन गर्ने अनुमति दिनु जस्ता कारण देखिएकै छैनन ।
तपाइले थाहा छ दुर्गम स्थानमा बाटो निर्माणपछि सवारी संचालन गर्न योग्य संरचना छ वा छैन भनेर प्रमाणित गरेको ? अहँ मैले त अहिले सम्म यस्तो नियम बनेको सम्म थाहा पाएको छैन । प्राविधिक श्रवेक्षण बिपरित निर्माण भएका मोटरबाटोमा सवारी चलाउन अनुमति छैन भनेको कतै देखे अनि सुनेको पनि छैन । ठेक्का पट्टा गरेर निर्माण गरेका संरचनाको गुणस्तरमा अनियमितताको छानविन नै नहुनु मुख्य समस्या देखिन्छ । ठेक्का कामको गुणस्तर भन्दा पनि कसरी कमाउन सकिन्छ भन्नेतिर केन्द्रित भएको देखिन्छ। ठेकेदार, फिल्ड प्राविधिक, कार्यालय प्रमुख सम्म कमाउने नै दाउ हुन्छ । त्यहि कमाउ धन्दामा नै पुराना थोत्रा भएका गाडीहरु संचालन गर्न अनुमति दिइन्छ । गाडीमा यात्रीको चाप के कस्तो छ भन्ने बिषयमा केही निगरानी छैन । ट्राफिक दाईलाइ दुई रुपैयामा कमाउन पाएसि हिसाब मिलि हाल्छ । निगरानी गर्ने जिम्मा पाएको निकायलाई कमिसन खाए पुग्छ । तितो अनुभव त दुर्घटना भोगेको परिवारलाई मात्र थाहा हुन्छ ।
यहि समस्यालाई उजागर गर्दै घरदैलोको सरकार, अर्थात सबै स्थानिय सरकारलाई बिनम्रका साथ यहि लेख (आर्टिकल) मार्फत ध्यानाकर्षण गराउदछु । मोटरबाटोमा गाडी संचालनको मापदण्ड जारी गरियोस । गंगादेब चल्ने रोडमा सवारी भाडा निर्धारण गर्ने गरियोस । यात्रुको चाप अनुसार गाडी संचालनमा ध्यान केन्द्रित होस भन्ने स्थानिय सरकारको ध्यानाकर्षण गराउनै पर्ने देखिन्छ। गाउँपालिका भित्र थुप्रै बिबादास्पद कामहरु भए पनि यो बिषय सुधारमा गंगादेब सरकार ध्यानाकर्षण हुनुपर्छ र सुधार हुनेछ । जय सरकार ! जय स्थानिय सरकार !
गंगादेव गाउँपालिका ६ रोल्पा ।
प्रतिक्रिया दिनुहोस