दाङमा नेता सापकोटालाई एमालेले साधारण सदस्यसमेत नरहने गरि गर्यो निश्कासन (विज्ञप्ति)


फागुन २७, दाङ । नेकपा एमाले दाङले नेता केशव सापकोटालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निस्कासित गरेको छ ।

जिल्ला सचिव मनोहर बुढाथोकीले फागुन २६ गते जारी गरेको प्रेस बिज्ञप्तीमा सापकोटाले पार्टीहित विपरित कार्य गरेको उल्लेख गरेका छन् ।

फागुन २८ गते हुन गइरहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा सापकोटा लोकतान्त्रिक संयुक्त प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

लोकतान्त्रिक प्यानलमा नेकपा माओबादी केन्द्र, नेकपा (एकीकृत समाजबादी) लगाएतका सत्ता साझेदार दलहरुको गठबन्धन रहेको छ ।

पछिल्लो समय सापकोटा नेकपा (एकीकृत समाजबादी)मा आवद्ध भएको स्पष्ट भएको छ । त्यसैले सापकोटालाई एमाले दाङले निस्कासन गरेको हो ।

शनिबार हुने खानेपानीको चुनावका लागि नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक संयुक्त प्यानल र नेकपा एमाले नेतृत्वको संयुक्त प्यानल निर्वाचनमा टिमसहित प्रतिपर्धामा उत्रिएका छन् ।

२७ फाल्गुन २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको