नेकपाका केन्द्रीय सदस्य माेहलाल चन्द ‘आधार’ पक्राउ


कात्तिक ३०, काभ्रे । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माेहलाल चन्द ‘आधार’ पक्राउ परेका छन् ।

नेपाल बन्द सफल पार्न सडकमा उत्रिएका ‘आधार’सहित ११ जना काभ्रेबाट गिरफ्तार परेकाे नेकपानिकट अनेमसंघ केन्द्रीय अध्यक्ष बन्दु चन्दले बताइन् ।

पेट्रोलियम पदार्थको मूलवृद्धिको विरुद्ध नेकपाले आज नेपाल बन्दकाे आह्वान गरेकाे थियाे । बन्द सफल पार्न नेकपाका थुप्रै नेता कार्यकर्ता सडकमा निस्किएका छन् ।

बन्दमा काठमाडौं उपत्यकाकासहित देशका मुख्य सहरहरुमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । अहिलेसम्म देशका बिभिन्न ठाउँमा २ दर्जनबढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।

महाराजगञ्जबाट युवा संगठनकी महासचिव विदुषीसहित २ जना र साँखुबाट दुई जना गरी पाँच जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ ।

त्यस्तै तनहुँ जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्कर लगायत पक्राउ परेकाे बताइएकाे छ ।

३० कार्तिक २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको