आदर्शलाई केन्द्रीय सदस्य आस्थाले गरिन स्वागत


साउन २८, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’लाई पुर्व सभासद तथा सो पार्टीका केन्द्रीय सदस्य सावित्रा दुरा ‘आस्था’ले स्वागत गरेकी छन । आस्था तत्कालिन नेकपा माओबादीले सुरु गरेको जनयुद्दको समयमा राज्यद्वारा बेपत्ता पारिएका पूर्ण पौडेलकि जीवन संगिनी हुन् ।

बाजुरा कारागारमा झण्डैं दुई वर्ष लामो जेल बसेर सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेता आदर्शलाई विहिबार उनीहरुले खादा ओढाएर स्वागत गरेका हुन् ।

आदर्शलाई भेट्न आस्थासहित नेकपा लमजुङ जिल्ला कमिटि सदस्य गौरव उनकै निवास पुगेका थिए । उनीहरुले आदर्शका वृद्ध आमाबुबा लगायत परिवारसंग भेटघाट गर्नुका साथै सामुहिक तस्बिर समेत खिचाएका थिए ।

भेटमा राजनैतिक तथा बैचारिक विषयमा छलफल भएको थियो भने आदर्शले जेल बसाईका अनुभूतिहरु सुनाएका थिए । लामो समय जेल बसेर फर्केका आदर्शले नेता कार्यकर्ता र शुभचिन्तकसंगको भेटघाटलाई जारी राखेका छन् ।

२८ श्रावण २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको