अब संसदीय व्यवस्थाले देशलाइ निकास दिदैन्: असल क्षेत्री


साउन २७, सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य चन्द्र प्रकाश खड्का (असल क्षेत्री)ले अब संसदीय व्यवस्थाले देशलाइ निकास नदिने बताएका छन् । उनले अब संसदीय व्यवस्था फालेर वैज्ञानीक समाजवाद स्थापन गर्नुपर्ने बेला भएकाे बताए ।

उक्त पार्टीकाे आयाेजनामा सल्यानकाे दार्मा गाउँपालिकामा भएकाे अन्तरक्रिया कार्यक्रममा मंगलबार बाेल्दै प्रमुख अतिथि रहेका नेता असल क्षेत्रीले अहिलेकाे राज्य सत्ता दलदलकाे भुमरीमा फसेकाे बताए । वर्तमान व्यवस्था दलाल र माफियाकाे हातमा पुगेकाे बताउँदै उनले अब जनता जाग्ने बेला भएकाे बताए । त्यसका लागि संसदीय व्यवस्था कि वैज्ञानीक समाजवाद भनेर जनमत संग्रह गर्नुपर्ने उनले बताए ।

नेता असलले पार्टी आन्दाेलन र क्रान्ति लाई धाेका दिने सँग नभएर जनताको निम्ति बलिदान गर्न तयार हुने र वैज्ञानिक समाजवाद प्राप्तिको लागि संघर्ष गर्नेहरु बृहत कम्युनिस्ट आन्दोलन एकताको जरुरी रहेको बताए ।

त्यस्तै आफ्नाे पार्टीले सरकार सँग गरेकाे तिन बुँदे सहमति कार्यनयन गर्न सरकारलाइ आग्रह गरे । यदि सरकारले सहमति कार्यनयन नगरे आफुहरु बिद्रोह गर्न बाध्य हुने उनकाे चेतावनी थियाे । अहिलेका संसदवाद विदेशीकाे एजेन्डामा चलेकाे बताउँदै उनले देउवा सरकार एमसिसि पास गराउने षड्यन्त्रमा लागेकाे उनले बताए । त्यसका विरुद्ध पार्टीले आन्दोलन उनकाे भनाइ छ ।

‘आजकाे राजनीतिक संकटको निकास वैज्ञानिक समाजवादकाे लागि जनमत संग्रह’ विषयमा भएकाे अन्तरक्रिया कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि तथा वुद्धिजिविहरुकाे उपस्थिति रहेकाे थियाे ।

अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य असल क्षेत्री, अर्का केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सबिन पाेखरेल, दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी, नेकपा माओवादीका नेता प्रकाश रावत, नेपाली कांग्रेसका कुमार चन्द, अखिल नेपाल शिक्षक संगठनका संयाेजक केवल केसी, शिक्षक तथा बुद्धिजीवी मिन बहादुर वलि, दल बहादुर केसी, अखिल ( क्रान्तिकारी) का नेता राजेन्द्र खड्का, दलित मुक्ति माेर्चाका संयाेजक प्रेम परियार, पत्रकार राम प्रसाद शर्माकाे उपस्थित रहेकाे थियो ।

नेकपा दार्मा गाउँ कमिटी इन्चार्ज मित्रमणी खड्का (इगल)काे अध्यक्षता तथा माेहनपुरुषकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे संचालन नेकपा सल्यानका जिल्ला कमिटी सदस्य टंक प्रकाश केसीले गरेका थिए ।

२७ श्रावण २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको