सरकार ढल्यो, भोलि हल्ला र जन्ती


कम्बर कसी ठसी
पछि कसी लाग्ने नपाए पछि
लुछा चुरी लुछ्नु
अभुरा दले भले खले
अति गरे खति हुन्छ
त्यो व्यवस्थामा
बुझे हुन्थ्यो
घाते मातेले
झोलुङ्गेहरुले

खति भए कति हुन्छ
व्यवस्थामा बुझे हुन्थ्यो
काइते माइतेले ।

सत्तामा माली भन्दा
गाली जस्तो सुन्न,
बुझ्न थालेपछि
पुजीवादी पक्कै
उँधो मति हुन्छ
बुझे हुन्थ्यो
जाइदे खाइदे ले

अघोषित घरि गोरी
घरि काली खोजी हिँड्ने
काठमाडौंको सहरमा
को पो चाहिँ गतिलो
सतीले सरापेको देशमा
बुझे हुन्थ्यो घाते मातेहरुले

जनतालाई झेल गरी
सुट्केज जित्न सजिलो छैन
कसीलो कजिलो छ भन्दो होला
त्यो देखि ठूलै कपडी
झपडी झन्झटी हुन्छ
बुझे हुन्थ्यो दले साली भिनाहरुले

दलालहरु माछो नाठो
माछो भ्यागुत्तो गराएपछि
हुने घाटा जन्ते लहरलाई
खान्चुरे सझ्डे मुन्दुरीहरुले

जति भाउ खाए हुन्छ
जति कुरा बुझे हुन्थ्यो
मन्त्री खन्त्री निभाउन
सिमित टाइब्रेकरमा

म नै सच्चा
दुनियाँले
कोही धारे हात देखाउन
सक्दैन ठान्छन्
नेपाल के कति दुग्ध
कस्तो दुर्गति हुन्छ
बुझे हुन्थ्यो माइ लाजृहरुले ।

जति भाउ खाए पनि
सुनलाई तौलि
पिटुवा पितल हुदैन
अघोरी नेता तोला सोला
मासा रति हुन्छ
बुझे हुन्थ्यो माइरा लादेहरुले ।

चालिस बर्ष भयो
जनघाती देशघाती
यस्ता अपराधी लाइन
अनुशासनको शूली
पनि घटी बझ्दैन होला
कसी हुन्छ
ठगी हुन्छ

बुझे हुन्थ्यो फुत तेरो मेरो
मालीहरुले कहिलेसम्म
तेरो मेरो सरकारी
मासुको झोलमा नरमालिनु होस

दुखी पिडित जनताहरु
पशुपति सैम्बु बौद्ध
जनताले कुन जनमको
नुन खाएर गल्ती गरेछौ
पछि पछि
आन्दोलन
पछि लाग्ने
रैला भैला
जनतालाई
कुन जननिको भिख
खाएछौ।

नाङ्गा भोका लाटा सोझा
गरिब माथि कानुन थुपारी
नियम दैलेको भबिस्य
निधारभरी आँसु पसिना
पसिनाले लतार लुतुर

महामारी भोक मारी
शोक मारी दुःख दारी गरिब माथि
थुपार्ने कुन जनमको
पसिना भिख खाएछौ
किन हामी बुझ्दैनौ।

सारा नेपाली
दुखी निमुखा दिनढाडै
गल्ली चोक ठेला माग्ने
तिमी हामी राजनीति देखि
दल महा रती देखि कहिलेसम्म
दास शोषण दमन
झेलि रहेने ठेलि रहेने

निमुखा जनता
दुःख पिडा
धोग रोग दोग
भोग कहिलेसम्म
दले झोले दही चिउरे
सही रहनुपर्ने कहिलेसम्म

जनताको सरकार हो कि
राजनीति पाटीको टुट फुट
पार वार झार झाले
शासन सत्ताको मात्र हो
जनताहरुले कहिलेसम्म
शासन दासको
मल जल खलबल
कहिलेसम्म
भोगी रहनुपर्छ।

  • जाजरकोटी सन्दर्भ घायल
    ‘कुशे गाउपालिका युवा समाज’
    हाल: हाल मलेसिया
२८ बैशाख २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको