लुम्बिनी प्रदेश सम्पर्क समिति युएईको अध्यक्षमा ओली चयन


जेठ २१, युएई । लुम्बिनी प्रदेश सम्पर्क समिति युएईको अध्यक्षमा रोल्पा निवासी देवराज ओली चयन भएका छन् । समितिको दोस्रो भर्चुअल महाधिवेशन सम्मेलनद्वारा ओली सर्वसम्मत निर्बाचित भएका हुन् ।

अंग्रेजी बर्ष २०१८ मा स्थापित भएको लुम्बिनी प्रदेश सम्पर्क समिति युएईको यो दोश्रो कार्यकालमा ओली अध्यक्ष भएका हुन । यसअघि संस्थाको पहिलो कार्यकालको अध्यक्षमा राजु खड्का निर्बाचित भएका थिए । संस्थाको महासचिवमा रुपन्देही निवासी चिरन आचार्य निर्बाचित भएका छन भने बरिष्ठ उपाध्यक्षमा पाल्पा निवासी मोहोन बुढाथोकी  निर्बाचित भएका छन् ।

दोस्रो भर्चुअल महाधिवेशन सम्मेलनले २९ सदस्यीय कार्य समिति निर्माण गरेको छ । संस्थाको प्रमुख संरक्षक चन्द्र सारु मगर रहेका छन् भने प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष राजु खड्का रहेका छन् ।

लुम्बिनी प्रदेशबाट युएईमा रहने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई गोलबद्ध गर्दै सुखदुखमा हातेमालो गर्ने उद्धेश्यले संस्थाको थालनी गरिएको निर्वाचन समितिका संयोजक समेत रहेका सस्थाका संरक्षक चन्द्र सारु मगरले बताए ।

विविध कारणवस रोकिएको महाधिवेशन निर्वाचन समितिको सक्रियतामा सम्पन्न गरिएको सल्लाहकार कमल गिरिले जानकारी दिए ।

रामकृष्ण पुनको सभापतित्व र चिरन आचार्यको स्वागत मन्तव्यमा महाधिवेशन सुरु गरिएको थियो। महाधिवेशनमा उपस्थित अधिकांस बक्ताहरुले नवनिर्वाचित टिमलाई बधाई दिदै समितिको कार्यकाल सफलताको लागि शुभकामना दिएका थिए ।

अध्यक्षमा निर्बाचित रोल्पाका देवराज वली युएईमा रहेर विभिन्न समाजसेवामा सक्रिय रहेका थिए भने वली अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईको संस्थापक सल्लाहकार तथा केन्द्रिय बरिष्ठ उपाध्यक्ष समेत रहेका थिए, भने दाङ देउखुरी समाज युएईको सल्लाहकारको जिम्मेवारी बहन गरिरहेका थिए ।

देवराज वली युएईको अबुधावी पुलिसमा कार्यरत छन् ।

यस्तो छ नव निर्बाचित समिति :

अध्यक्ष – देवराज वली/रोल्पा
वरिष्ठ उपाध्यक्ष -मोहन बुढाथोकी /पाल्पा
उपाध्यक्ष- सिर्जना केसि /अर्घाखाँची
उपाध्यक्ष -मीन भन्डारी / गुल्मि

उपाध्यक्ष- कुमार केसि /दाङ्ग
महासचिव- चिरन आचार्य /रुपन्देही
सचिव- मन सारु /पाल्पा
सचीव -जेवी जिसि /प्युठान

सचीव -ईश्वर बन्जाडे /कपिलवस्तु
सचिव -कृष्ण पराजुली /परासी
सचीव -मोहन योगि /बाके
कोषाध्यक्ष- प्रेम बगल्दार /रुपन्देही

प्रबक्ता- गणेश पौडेल /कपिलवस्तु
सहकोषाध्यक्ष -बिष्णु पुन /अर्घाखाँची
सहसचीव- सुर्य केसि /दाङ्ग
सहसचिव- शेरबहादुर डागी /रोल्पा

सहसचिव- राजु जिसि /अर्घाखाँची
सहसचिव- हेमा भन्डारी /गुल्मी
सहसचिव- मुमबहादुर जिसि /अर्घाखाँची
सहसचिव- कविराज अर्याल /कपिलवस्तु

सहसचिव- लेखनाथ पौडेल /अर्घाखाँची
सहसचिव -जिके दङ्गाली /दाङ्ग
सहप्रबक्ता- सन्जिव बेल्बासे /अर्घाखाँची
सहप्रबक्ता- हेमराज विश्वकर्मा /रोल्पा

सहप्रबक्ता- अरुण बेल्बासे /अर्घाखाँची
सहप्रबक्ता- पार्बता थापा /रुपन्देही
सहप्रबक्ता- निरु थापा /अर्घाखाँची
सहप्रबक्ता- रामचन्द्र पौडेल /अर्घाखाँची

महिला विभाग प्रमुख- जानुका खनाल /अर्घाखाँची
सदस्यहरु: टोपबहादुर सारु, चन्द्र बहादुर पेङ्नी, शारादा अधिकारी, मान सारु, हिरा जिसि, हरि बिसि, पोमलाल पौडेल

प्रमुख संरक्षक -चन्द्र सारु मगर
प्रमुख सल्लाहकार -राजु खड्का
सल्लाहकारहरु: रामकृष्ण पुन, नरेश सेन, कमल गिरि, नरेन्द्र बेल्बासे र लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्लागत समितिका अध्यक्षहरु स्वत: सल्लाहकार रहने छन् ।

 

 

२१ जेष्ठ २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको