घोराही उपमहानगर सुरु गर्यो यस्तो काम


माघ ७, दाङ । दाङको घोराहीमा बजारमा सडक पेटीसम्म सामान राखेर ब्यापार ब्यबसाय गर्नेहरुको सामान हटाउन सुरु गरिएको छ ।

नगर प्रहरी, वडा प्रहरी र ट्राफिक प्रहरीको सहयोगमा सडक पटी तथा नाला मिचेर ब्यबसाय गर्ने ब्यबसायिकहरुको समान हटाउन सुरु गरिएको हो । घोराही बजारको मुख्य सडक तुलसीपुर चोकदेखि ट्राफिक चोकसम्म समान हटाइएको हो ।

सडक तथा नालासमेत मिचेर समान राख्दा बजारको सौन्दर्यता नदेखिएको भन्दै सामान हटाउन अभियान सुरु गरिएको हो । समान हटाउने कार्य बजारका अन्य क्षेत्रमा पनि हुने घोराही उपमहानगरपालिकाले जनाएको छ ।

सडक पेटी तथा नालासम्म सामान राख्दा सडकमा यात्रा गर्ने बटुवालाई समेत समस्या हुन थालेपछि यस्तो अभियान सुरु गरिएको छ । सडक पेटीसम्म हुने फुटपात ब्यापार, अव्यबस्थित पार्किङलाई नियन्त्रण गरेर बजारलाई शोभनिय बनाउनका लागि यस्तो अभियान सुरु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीको नेतृत्वमा यस्तो कार्यको सुरुवात गरिएको हो । अब्यबस्थित समान राख्दा र पार्किङ गर्दा सडक दुर्घटना बढेको भन्दै सामान हटाउन सुरु गरिएको छ । साथै आगामी दिनमा सामान राखिएको पाइएमा कारबाही गर्ने समेत चेतवानी दिइएको छ ।

पत्रकारहरु समेत सहभागी भएको उक्त अभियानमा नगरलाई सभ्य र ब्यबस्थित बनाउनका लागि ब्यबसायीको पनि भूमिका हुने भन्दै नगरलाई ब्यबस्थित गर्नका लागि सहयोग गर्न समेत अपील गरिएको छ ।

७ माघ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको