भ्रष्टाचार भएको प्रमाण ल्याउनुस्, राजीनामा दिन्छुः मन्त्री मगर

फाइल तस्बिर

मङ्सिर २९, काठमाडौं । खानेपानी मन्त्री बिना मगरले आफ्नो मन्त्रालयमा एक रुपैयाँ पनि भ्रष्टाचार नभएको दाबी गरेकी छिन् । उनले यदि भ्रष्टाचार भएको प्रमाण भेटिए आफूले पदबाट राजीनामा दिने पनि बताएकी छिन् ।

आज बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री मगरले भ्रष्टाचार नगर्ने र देश समृद्ध बनाएरै छाड्ने बताएकी छिन् । ‘आज म प्रतिज्ञा गर्छु- खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु । देश समृद्ध बनाएरै छाड्छौं,’ मन्त्री मगरले लेखेकी छिन् ।

उनको ट्वीटमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । कतिले खानेपानी मन्त्रालय पनि भ्रष्टाचारको भुमरीमा परेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

२९ मंसिर २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको