अनेरास्ववियूको केन्द्रीय कमिटी ३ सय ३५ सदस्यीय बन्ने


भदौ १४, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय कमिटी ३ सय ३५ सदस्यीय बन्ने भएको छ ।

एकतापछि २ सय ५१ सदस्यीय बनाउने निर्णय गरिएको केन्द्रीय कमिटी ३ सय ३५ सदस्यीय बनाउने निर्णय गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

शुक्रबार बसेको बैठकले तत्कालीन एमाले निकट अनेरास्ववियूबाट १ सय ८० जना र माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीबाट १ सय ५५ जना गरी ३ सय ३५ सदस्यीय केन्द्रिय कमिटी बनाउने निर्णय गरेको हो ।

साथै एकतापछि संगठनको नेपाली नाम ‘अनेरास्ववियू’ रहने सहमति भएको छ । अंग्रेजी नाम अहिलेलाई ‘अल नेपाल नेसनल इन्डिपेन्डेन्ट स्टुडेन्ट्स युनियन’ राखिए पनि महाधिवेशनमा छलफल गरिने बस्नेतले जानकारी दिए ।

बैठकले भदौ मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने निर्णय गर्दै एकताको बाँकी काम सक्न तीनवटा समिति पनि गठन गरिएको नेता बस्नेतले जानकारी दिए ।

१४ भाद्र २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको