रोल्पाको घर्तिगउँदेखि भावाङसम्म जीप चल्न थाल्यो


माघ १५, रोल्पा । रोल्पाको माडी गाउँपालिकाको केन्द्र घर्तिगाउँबाट वडा नम्बर ५ भावाङसम्म चल्ने जीपको उद्घाटन गरिएको छ ।

जलजला यातायात ब्यवसायी समितिले सेवा बिस्तार गर्ने क्रममा मंगलबार उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन माडी गाउँपालिका ५ का वडाअध्यक्ष भरत बहादुर बुढा मगरले गरेका छन् ।

अबदेखि नियमित रूपमा बिहान ८ बजे भावाङदेखी र दिउँसो ४ बजे घर्तिगाउबाट जिप छुट्ने जलजला यातायात ब्यवसायी समितिले जनाएको छ । यातायात सुचारु हुनेभएपछि स्थानीयहरू खुशी भएका छन ।

१५ माघ २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको