चार बिद्यार्थी नेता पक्राउ परेपछि अखिल(क्रान्तिकारी)ले निकाल्यो यस्तो विज्ञप्ति


असोज ११, दाङ । अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य विरेन्द्र विक, केन्द्रीय सदस्य शारदा भण्डारी र नवीन खड्कालाई संगठनकाे काममा रहेकाे बेला नवलपुरबाट र केन्द्रीय सदस्य प्रकाश विकलाई बाँकेको नेपालगञ्जबाट गैरन्यायिक गिरफ्तार गरिएको भन्दै अखिल (क्रान्तिकारी) ले घाेर भत्सर्ना एवं निन्दा गरेको छ ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले एक प्रेस विज्ञप्ति जारी गरि गिरफ्तार सबै जनालाई विना सर्त तत्काल रिहा गर्न माग गरेका छन् ।

साथै राजनैतिक अास्थाका अाधारमा अखिल (क्रान्तिकारी) माथि गरिएको राज्य दमनको देशव्यापी कडा प्रतिरोध गर्न सम्पूर्ण युवा विद्यार्थीहरूलाई अाह्वान गरेका छन् ।

देशव्यापी रूपमा अाफ्नाे संगठनमाथि गरिएको दमन तत्काल बन्द गर्न र गिरफ्तार सबैलाई तत्काल रिहाइ गर्न जाेडदार माग गरेको छ अन्यथा संघर्षबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् सरकार हुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

विज्ञप्तिको पूर्णपाठ…

११ आश्विन २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको