पारस खड्काले बनाए एक दिवसीयमा पहिलो सतक


माघ १४, काठमाडौं । कप्तान पारस खड्काले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छन् ।

युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउँदै मैदानमा पहिलो विकेटको पतनभएपछि आएका खड्काले ९६ बलमा सतक प्रहार गरेका हुन्। उनले १३ चौका र १ छक्का हिर्काएका छन्।

एकदिवसीयमा सतक प्रहार गर्ने पारस पहिलो नेपाली खेलाडीसमेत हुन्। यसअघि उनले नेदरल्याण्डविरुद्धको खेलमा ५१ रन बनाएका थिए। यस्तै उनले आज ब्यक्तिगततर्फ पनि सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी बनेका छन्।

त्यसअघि लिस्ट ए मा दुई सतक बनाएका पारसले ११२ रनको नटआउट नै सर्वाधिक रन हो।

२०७५ माघ १४,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको