मन्त्री पोखरेल नै कांग्रेसको कब्जामा परेपछी … [भिडियो]


माघ ८, काठमाडौं । संसद भवनमा मन्त्रि तथा सांसदहरुको विभिन्न चर्तिकलाहरु बेलाबखत देख्न पाइन्छ । आज त्यस्तै चर्तिकला संसदमा देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुद् सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक पेश गर्न अनुमति दिएपछि संसद्‍मा हंगामा भएको छ ।

संसद्को दोस्रो बैठकको कारवाही शुरू भएको घोषणा नगर्दै कांग्रेस सांसदहरू बेलमा गएका थिए । त्यसपछि सभामुख महराले भने, ‘आज माननीय सदस्यहरूले गल्ती गर्नुभयो, बैठकको कारवाही शुरू भएकै छैन ।’

बैठक शुरू भएलगत्तै सभामुख महराले सदनको कारवाही अगाडि बढाउने घोषणा गरेका थिए ।

सभामुखले समय दिएपछि नेकपा प्रमुख सचेतक देव गुरुङको पछि लागेर मन्त्री पोखरेल रोष्टममा जाँदै गर्दा प्रतिपक्षी सांसदले रोकेका थिए ।

मन्त्रीलाई कांग्रेस सांसदहरूले रोक्ने क्रममा धकेलाधकेल भएको थियो ।

संसद् बैठकमा भएको धकेलाधकेल हेर्नुहोस्, लोकान्तरको भिडियोमा :

८ माघ २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको