लेखक -भोलाप्रसाद लोहनी (पाञ्चाल ) राष्ट्रिय मानव अधिकारबादी
हे दलित बनेकाहरु हो, दिउसै दिवा स्वप्ना न देखाऊ आफुलाई,
गिधे नजर लाग्ला फेरी, पूर्खाको आँशुले सराप देला आफुलाई ।
पथ भ्रष्ठ भएर आगनीमा न रमाउ, सोला हानी रहला भोको पेटमा ,
सन्तानको बेदनासंगै आहट देला पुस्तौ पुस्ता आसुँको सिरानीमा ।
जय हो सबैको भलाई होस् पीडा बिनाको जीवन संगैं,
ईज्जत र सम्मान पाई राखोस दलित हुदाँ पनि सधैं ।
मिलापमा स्वर्ग देखिन्छ आफ्नै आगनीमा दलनको आगो ताप्दा ,
मुढेबलको जुहारीमा भष्म भई राख्या छ सपना तिम्रो रतौली खेल्दा ।
संस्कार र संस्कृति जोगाएर खेल खेल मैदानमा हँसिलो जीवनसंगै,
रोदनको तिरस्कारमा रमाउछौ समाजमा बीरताको धुलसंगै ।
जय हो सबैको भलाई होस् पीडा बिनाको जीवन संगैं,
ईज्जत र सम्मान पाई राखोस दलित हुदाँ पनि सधैं ।
वाह रे दलित , दरिद्रताको रापले सेकेको तिमी बिर्सी दिन्छौ छिटै ,
गजब छ बा थोरेमा पनि माती दिन्छौ अहमतासंगै अपूर्णतामा धेरै ।
पगरीको लागि आफ्नै भाइलाई निच तुल्याउछौ बर्ण ब्यबस्थामा आफै ,
सडक तताउन चाहन्छौ नागों भएर मासुलीको चालमा रन्थनिएर आफै ।
जय हो सबैको भलाई होस् पीडा बिनाको जीवन संगैं,
ईज्जत र सम्मान पाई राखोस दलित हुदाँ पनि सधैं ।
गजब छ बा अलिकति पढ्यौ लेखौ भने अंग्रेजी नै बोल्छौ असमयमा ,
दिउसो नै तारा देख्छौ भोको पेटमा अग्निको ज्वालासंगै बर्गीय रापमा ।
ताल न सूरको विणामा स्वर निकाल्न खोज्छौ खैजडीको साथमा … ,
नुन बिनाको स्वादमा रमाउन खोज्छौ हीन संस्कारको राहमा….।
जय हो सबैको भलाई होस् पीडा बिनाको जीवन संगैं,
ईज्जत र सम्मान पाई राखोस दलित हुदाँ पनि सधैं ।
प्रतिक्रिया दिनुहोस