अर्ध भूमिगत नेता विप्लवको घरमा टाँसेको म्याद यस्तो छ (हेर्नुहोस फोटो)


माघ ६, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’लाई अदालतमा उपस्थित हुन भन्दै म्याद टाँसेको छ । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ९, शिवगढीस्थित उनको घरमा म्याद पूर्जी टाँसेको हो ।

पोलिट्व्यूरो सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’ संगै रहेको घरमा म्याद टाँसेको छ ।

चन्द्र बहादुर चन्द नेकपाका महासचिव विप्लवका सहोदर दाई हुन् । उनैको घरमा जिल्ला अदालत रुपन्देहीले टाँसेको म्यादमा १५ दिन भित्र आफै उपस्थित हुन अनुरोध गरेको छ ।

नेता विप्लवलाई विस्फोटक पदार्थ मुद्दाको अभियोगमा समाह्वान जारि गरेको जनाएको छ । समाह्वानमा भनिएको छ ‘यो समाह्वान जारी भएको १५ (पन्ध्र) दिन भित्र यस अदादलमा आफै उपस्थित हुन आउनु होला’ ।

जारि समय अवधि भित्र उपस्थित नभएमा मुद्दा कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

विगतमा पनि उनको घरमा यस्तै प्रकृतीको प्रक्राउ पुर्जी टास्ने गरिएको थियो । विप्लव पछिल्लो समय सार्वजनिक भएका छैनन भने उनको घरमा प्रहरीले निग्रानी बढाउने तथा पूर्जी टाँस गर्ने काम गर्ने गरेको छ ।

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीका विभिन्न तहका नेताहरुको घरमा विभिन्न मुद्दाहरु तथा धरपकड र पक्राउ पूर्जी टाँस गर्ने गरेको छ ।

समाह्वान म्यादको पूर्ण पाठ यस्तो छ:

श्री रुपन्देही जिल्ला अदालतबाट जारि भएको जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ९ भगवानपुर बस्ने विप्लव भन्ने नेत्र बिक्रम चन्दका नाउँमा समाह्वान म्याद…………..!

तपाई उपर प्र.ना.नि बाबुराम पुरीको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी तपाई समेत भएको विस्फोटक पदार्थ मुद्दाको अभियोग पत्र मिति २०७५/६/२ मा यस अदालतमा दायर हुन आएकोले तपाइको नाउँमा यो समाह्वान जारी गरिएको छ । यो समाह्वान जारि भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस अदालतमा आफै उपस्थित हुन आउनु होला । सो अवधिभित्र उपस्थित नभएमा मुद्दा कानुन बमोजिम कारबाही हुने व्यहोरा सुचित गरिन्छ । इति सम्बत २०७५ साल पौष १५ गते रोज १ मा शुभम् ।  

६ माघ २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको