गाउँ-गाउँमा प्रहरी परिचालन गरेको नेकपाको आरोप, आयो कडा विज्ञप्ति


चैत ५, सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सल्यानमा पक्राउ परेका नेताहरु झुटा मुद्दा लगाइएको र गाउँगाउँमा प्रहरीले गस्ती गरेको भन्दै त्यसको प्रतिरोध गर्ने बताएको छ ।

नेकपा सल्यानका सेक्रेटरी महेन्द्रले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै सल्यानका गाउँगाउँमा जनतालाई दमन गर्न प्रहरी परिचालन भएको आरोप लगाएका छन् । विज्ञप्तीमा जिल्ला सदस्य मदन केसी, गणेश आर.सी. र खुम केसीलाई विनाकारण पक्राउ गरेर झुटा मुद्दा लगाइएको आरोप लगाइएको छ ।

त्यसैगरी सल्यानका गाउँगाउँमा प्रहरी परिचालन गरेर घर खानतलासी गरेको भन्दै त्यसको प्रतिरोध गर्ने विज्ञप्तीमा चेतावनी दिइएको छ । विज्ञप्तीमा भनिएको छ– “जसरी सल्यानी जनतालाई दमन गरेर घर खानतलासी गरिन्छ, त्यसरीनै सल्यानी जनताको प्रतिरोधको सिमा नाघ्ने छ ।”

सरकारले आफ्नो सत्ताको रक्षाका लागी दनम गरेको भन्दै त्यसको प्रतिरोध खरानी बन्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्ति हेर्नुहोस

५ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको