विप्लबका केन्द्रीय सदस्य दिपेशसहित दुई नेता पक्राउ


पुस १, उदयपुर । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका दुईजना नेता पक्राउ परेका छन्। उदयपुर जिल्लाको कटारी नगरपालिका–६ रिस्कुबाट नेकपाका केन्द्रीय सदस्य भोजपुरको बेया निवासी दिपेश राई र उदयपुर जिल्ला ईन्चार्ज सुरेन्द्र थापा पक्राउ गरेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याइएको छ। यसअघि पनि राईलाई बम बिष्फोट र थापालाई सार्वजानिक मुद्दामा पक्राउ गरेर छोडिएको थियो।

दिपेश माओवादी जनयुद्धका समयका कुशल कमाण्डर हुन । उनले पूर्वी क्षेत्रका कयौँ युद्धमा भाग लिएका थिए । माओवादी जनयुद्धका समयमा ब्रिगेडसम्मको जिम्मेवारी सम्हालिसकेका उनले पूर्वी पहाडी क्षेत्रमा विप्लव समूहको नेतृत्व गरिरहेका थिए।

सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका नेता कार्यकर्तामाथि प्रहरीले निरन्तर धरपकड जारी राखेको छ। विप्लवका करिब ६ सय भन्दा धेरै नेता कार्यकर्ता एक वर्षबीचमा देशभरबाट पक्राउ परिसकेका छन्।

१ पुष २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको