अखिल (क्रान्तिकारी) शारदा नगरपालिको अध्यक्षमा सुरेश भारती


फागुन ३, सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) सल्यान शारदा नगर कमिटीले शुक्रबार पहिलो भेला गरेको छ ।

भेलाले सुरेश भारतीको अध्यक्षतामा १९ सदस्यीय नगर कार्यसमिती गठन गरेको छ । जसको उपाध्यक्षमा लिला गिरी, सचिवमा प्रदीप रावत, सह सचिव नबिन ओली र कोषाध्यक्ष सर्मीला बस्नेत रहेका छन् । अतिरिक्त बिभाग प्रमुखमा युबराज गिरी रहेका छन् ।

श्रीनगरमा भएको सभामाका प्रमुख अतिथी नेकपाका सल्यान इन्चार्ज विश्व रहेका थिए । कार्यक्रममा बोल्दै इन्चार्ज विश्वले ज्ञान भनेको स्कुल मात्रै गएर नहुने भन्दै समाज परिवर्तन र सभ्य बनाए पनि ज्ञान प्राप्त हुने बताएका छन् ।

देशमा अहिले दुईवटा शिक्षा प्रणाली भएको भन्दै उनले त्यसलाई चिर्नुपर्ने बताए । उनले भने– “ हाम्रो देशमा गरिब र धनीको लागी छुटाछुटै शिक्षा छ, त्यसलाई फालेर हाम्रो पार्टीको कार्य योजना रहेको वैज्ञानिक शिक्षा प्रणाली लागु गर्नुपर्छ ।”

सबै वर्गलाई सम्मान रुपले हेर्ने शिक्षा नै वैज्ञानिक शिक्षा प्रणाली भएको उनको भनाई छ । वैज्ञानिक शिक्षा प्रणाली लागु नभएसम्म नेपालको शिक्षा प्रणली सुधार नहुँने उनले बताए ।

कार्यक्रममा बोल्दै संगठनका जिल्ला अध्यक्ष टंक प्रकाश केसीले आफुहरु शिक्षा सुधारका निम्ती लागिपरेको बताएका छन् । अहिले नेपालको शिक्षा प्रणाली दलाल र ठेकेदारको हातमा गएको उनले बताए ।

उनले भने– “इच्छा शक्ति र क्षमता भएपनि नेपालमा आर्थिक अभावकै कारण धेरै विद्यार्थीले पढ्न पाएका छैनन् ।” नेपालको शिक्षा खाडी मुलुकमा गएर काम गर्ने शिक्षा भएको उनले बताए ।

देशमै स्वरोजगार हुनेखालको शिक्षा प्रणाली ल्याउनुपर्ने उनको तर्क छ । अहिलेको शिक्षाले आर्थिक लुटतन्त्र मच्याउने र खाडीमा काम गर्न पठाउने भएको उनले बताए ।

संगठनका नगर इन्चार्ज खुमराज चलाउनेको सभा अध्यक्षतामा भएको कार्यक्रमको संचालन संगठनका जिल्ला सदस्य गनेश आर.सी.ले गरेका थिए ।

३ फाल्गुन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको