चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा ‘गार्ड अफ अनर’ प्रदान


असोज २५, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

शनिवार अराह्न सवा ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा नै सम्मान स्वरुप ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो ।

सीलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । ‘गार्ड अफ अनर’ को कार्यक्रम सकिएसँगै सी होटल सोल्टी जाने कार्यक्रम रहेको छ ।

सीको स्वागतका लागि सडकको दायाँबायाँ मानिसहरु लामबद्ध भएका छन् । विभिन्न झाँकी, सांस्कृति झल्काउने विभिन्न समूह लामबद्ध भएका छन् । यसका साथै सरकारी कर्मचारीहरु पनि लामबद्ध भएका छन् ।

यस्तो छ चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका

शनिबार

अपराह्न ४:३० बजे – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
साँझ ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता
साँझ ७ः३० बजे राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना

आइतबार

बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर
दिउँसो १२ः३० बजे स्वदेश फिर्ता

२५ आश्विन २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको